Monday Dec 23, 2024
We Are Connecting The World By Real News

रेवान को आयोजना मा अंग्रजी नयाँ बर्षलाई स्वागत गर्दै “२६ औँ पोखरा सडक महोत्सव २०२५ ” को पत्रकार सम्मेलन सम्पन्न भएको छ।

आज मङ्सिर २४ गते रेवान को आयोजना मा अंग्रजी नयाँ बर्षलाई स्वागत गर्दै “२६ औँ पोखरा सडक महोत्सव २०२५ ” को पत्रकार सम्मेलन सम्पन्न भएको छ। सुन्दरनगरी पोखरा मा २६ औँ पोखरा सडक महोत्सव २०२५ हुने भएको छ। “सडक मै खाउँ ,सडक मै नाचौं र सडक मै रमाउँ” भन्ने नारा का साथ “खाध सुरक्षालाई ध्यान दिएर , सुरक्षालाई निगरानी बढाएर ,

 

आन्तरिक तथा बाह्यय पर्यटकहरुलाई अंग्रेजी नयाँ बर्षको गन्तव्य स्थल को रुपमा प्रवद्दन गर्ने उदेश्य ले २०८१ पुष १३ गते देखि १७ गते (५ दिन सम्म ) सम्म पोखरा को लेकसाइड मा करिव ३ कि मि क्षेत्रफल मा महोत्सव हुँदैछ। कला संस्कृति प्रवद्दन गर्न स्थानिय स्तरमा उत्पादित सामग्रीहरुलाई बजारीकरण गर्न , लोपुन्मुख सामगीहरुलाई संरक्षण गर्न प्लेटफर्म यस महोत्सवले दिंदै आएको विज्ञप्ति मार्फत जानकारी

गराइएको छ। समग्रमै भन्ने हो भने सडक महोत्सव स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान ,विदेशी मुद्रा आर्जन , रोजगारीको सिर्जना गर्ने माध्यम पनि बनेको विज्ञप्ति मा उल्लेख छ। विगत २५ बर्ष देखिको को सडक महोत्सव को निरन्तरताले नेपालीलाई मात्र नभयर विदेशीलाई पनि नयाँ वर्ष पोखरा मा मनाउने वातावरण सिर्जना भएको र जस्ले गर्दा आन्तरिक तथा बाह्यय पर्यटकहरुको आगमन निकै बढेको विज्ञप्ति मा उल्लेख गरिएको छ। सडक महोत्सवमा मुख्य आकर्षण मा विभिन्न जातजातिका लोपुन्मुख सांस्कृतिक कार्यक्रम ,मौलिक भेषभुषा प्रदर्शन

,झाँकी प्रदर्शन प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन ,लाइभ कन्सर्ट ,खेलकुद तर्फ बोट रेस प्रतियोगिता , वेटर रेस , टग अफ वार , म म , ससेस खाने प्रतियोगिता , सचेतनामुलक सडक नाटक , पोखरा सेरोफेरोको उत्पादित हस्तकला ,चित्रकला ,मूर्तिकला

कृषि,वनस्पति लगायतका उपजहरुको प्रदर्शन गरिने र प्र्वदक मा नेपाल पर्यटन बोर्ड , पोखरा महानगरपालिका , गण्डकी प्रदेश सरकार , पोखरा पर्यटन परिषद रहने भएको विज्ञप्ति मा जानकारी गराइएको छ। महोत्सव को मुख्य प्रायोजक गोर्खा व्रुअरि प्रालिको टुवोर्ग वियर रहने भएको छ।

Facebook Comments