“अन्नपूर्ण केबल कार” चढौ ,”पंचमुखी गणेश को मन्दिर अवलोकन गरौँ “पर्यटक बढाऔं, अनुभव शेयर गरौँ
कास्की जिल्ला अन्तर्गत पोखरा को ,वडा न १८ मा पर्ने ” सराङकोट” सतह बाट करिब १५९२ मिटर को उचाइमा रहेको छ। जहाँ नेपाल कै पहिलो पंचमुखी गणेश को मन्दिर ,१०८ शिव लिङ्ग ,१०८ धारा रहेको छ। फेवा तालको छेउबाट मात्र ५ किलोमिटरको दुरीमा रहेको ” सराङकोट” पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ। पश्चिममा धौलागिरी श्रृङ्खला (८१६७ मिटर) देखि माछापुच्छ्रे (६९९७ मिटर), पूर्वमा अन्नपूर्ण द्वितीय (७९३७ मिटर) देखि लमजुङ (६९८३ मिटर) सम्मका हिमाली श्रृङ्खलाहरु र मनास्लु जस्ता हिमालहरूको मनोरम दृश्यको आनन्द लिन सकिन्छ। पर्यटकहरुको मुख्य रोजाइ बन्न पुगेको ” सराङकोट” प्रकृतिको अद्दित्तिय मनोरम बनेको छ। चुचुराहरूको मनोरम दृश्यका साथ,सूर्यास्त र सूर्योदय देख्न सकिने यस “सराङकोट” ले प्रकृतिसँग शुद्धतम रूपमा आध्यात्मिक आनन्दको अनुभव पनि दिने गरेको छ। । अन्नपूर्ण केबल कारको साथ सुन्दरताको अनुभव लिनुहोस्। स्वदेशी तथा विदेशी पर्यटकहरु को समय र खर्चलाई लाइ बचत गरि त्यो समय मा पोखरा वरिपरि अन्य स्थल घुम्न सकिने बनाउन पोखरा को सेदी स्थित आरामदायी “अन्नपूर्ण केबल” कार हरदम तयार रहेको छ , आरामदायी “अन्नपूर्ण केबल कार” ले १० मिनेटमा सुन्दर अवलोकन संग संगै सराङकोट पुराउने गरेको छ। केवलकार कार मा जाने पर्यटकहरु छोटो समय मा नै ” सराङकोट” पुगी प्राकृतिक अवलोकन संग संगै धार्मिक स्थल पंचमुखी गणेश को मन्दिर, शिव मन्दिर अवलोकन गरि , फर्किएर पोखरा का अन्य पर्यटकीय गन्तव्यहरु पुग्ने सकेका छन्।
पर्यटकहरु को समय लाइ मध्यनजर गर्दै लेकसाइड देखि केबल कार सम्म को दुरी मा नि:शुल्क “शटल बस” सेवा समेत यस अन्नपूर्ण केबल कारले प्रदान गरिरहेको छ। “अन्नपूर्ण केबल कार” ले पर्यटक हरुको आगमन लाइ बढाएको छ। यात्रा गर्न सबैभन्दा सुविधाजनक बनाउन , पर्यावरण अनुकूल विकल्प हुन ,समय र खर्च को बचत गर्न र आरामदायी यात्रा को लागि “अन्नपूर्ण केबल कार” विश्वसनीय बन्न पुगेको छ। पोखरा का आसपास क्षेत्रमा पर्यटकहरु बढाउन पर्यटकलाइ सेवा दिई , पर्यटन क्षेत्रमा विकास को गतिलाई थप उर्जाशिल बनाउन मा “अन्नपूर्ण केबल कार” को योगदान पनि रहेको छ।