Monday Dec 23, 2024
We Are Connecting The World By Real News

कालिका बहमुखी क्याम्पस, पोखरामा स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ

कालिका बहुमुखी क्याम्पसमा स्वागत
कालिका बहमुखी क्याम्पस, पोखरामा स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि क्याम्पस सञ्चालक समीतिका अध्यक्ष किरण के.सी. ले क्याम्पसको विकास र विस्तारका लागि विद्यार्थीहरुको भूमिका ज्यादै महत्वपूर्ण रहने र गुणस्तरीय शिक्षाका लागि क्याम्पस सञ्चालक समीति सधैं तत्पर रहेको र क्याम्पसबाट अध्ययन पुरा भएका विद्याथीहरु बेरोजगार बस्न नपर्ने गरी दक्ष जनशक्ति उत्पादन गर्ने क्याम्पस क्रियाशिल रहेको बताए ।क्याम्पस प्रमुख बिरन्जी गौतमले सम्पूर्ण नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै, आफ्नो लक्ष्य प्राप्त गर्नका लागी अनुशासन महत्वपूर्ण रहेको हुँदा अनुसासित भैं घर, समाज र देशको लागि योगदान पुर्याउन सफल हुने आशा क्याम्पसले लिएको बताए । क्याम्पसले प्राप्त गरेका उपलब्धीलाई थप उचार्ईमा पुर्याउन नव आगन्तुक विद्यार्थीहरु क्रियाशिल रहने आशा क्याम्पसले लिएको बताए ।
क्याम्पसका शिक्षक तथा पूर्व विद्यार्थी सन्तोषमणी लामीछानेले आफू कक्षा ११ देखी स्नाकोत्तर सम्म यसै क्याम्पसमा  अध्ययन गरेको अनुभव सुनाए । यसै गरी सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सीना र युवराज गुरुङ्गले अध्ययनका सिलसिलामा विदेशिएका विद्यार्थी र तिनिहरुका अभिभावकहरुको पिडा सुनाउदै हामी सबै मिलेर  स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने अठोटका साथ अगाडी बढन विद्यार्थीहरुलाई प्रोत्साहित गरे । कार्यक्रममा कविता वाचन , मुक्तक तथा नृत्य प्रस्तुति गरीएको थियो । कालिका कल्याणकारी समीतिका अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी रोशन रानाभाटले राखेका थिए भने कार्यक्रम सञ्चालन कल्याणकारी समीतिका सदस्य जिवन पतनीले गरेका थिए ।
        क्याम्पस प्रमुख
    (सह–प्रा बिरन्जी गौतम)
Facebook Comments