Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

कुल बचत ३४ लाख २५,००० रहने अनुमान गरिएको छ। १२ औ पोखरा महोत्सब २०८०( पुस २६ गतेदेखि माघको ८ गतेसम्म)

१२ औ पोखरा महोत्सव २०८० का मूल आयोजक समिति अध्यक्ष तथा संयोजक राजु श्रेष्ठ को अतिथ्य मा आज १२ औ पोखरा महोत्सब २०८० को पत्रकार सम्मेलन भएको छ। उक्त कार्यक्रम मा प्रचार- प्रसार उपसमिति संयोजक बाह्रौं पोखरा महोत्सव २०८० का दिनेश सुनार ले कार्यक्रम संचालन गर्नु भएको थियो। २०८० क्लबको आयोजनामा आगामी पुस २६ गतेदेखि माघको ८ गतेसम्म पोखराको अमरसिंह माविको  खेलमैदानमा बाह्रौं संस्करणको पोखरा महोत्सव आयोजना हुने भएको छ। “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मूल नाराका साथ विसं २०६७ वैशाख ७ गते स्थापना भई स्थापना कालदेखि नै शिक्षा स्वास्थ्य खेलकुद र पर्यटन प्रवर्धनको लागि पोखरा महोत्सवको आयोजना गरी पोखरामा खुल्ला चिडियाखानाको अवधारणा समेत अगाडि बढाएको छ।
पोखरा महोत्सवकै आम्दानीबाट यस क्लबले शिक्षाको क्षेत्रमा पोखरा र आसपासमा रहेका १८ वटा सामुदायिक विद्यालयहरूमा छात्रवृत्ति अक्षय कोष स्थापना एवं शैक्षिक सामग्रीहरू वितरण गरिरहेको छ। स्वास्थ्य अन्तर्गत ग्रामीण क्षेत्रलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नका साथै दीर्घ तथा ठूला रोग लागेका व्यक्तिहरुलाई आर्थिक सहयोग गरिँदै आइरहेको छ। खेलकुदतर्फ क्लब आफैले खेलकुद प्रतियोगिता आयोजना गर्दै विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन सहयोगी संस्था प्रबर्धक एवं सहभागिता जनाउँदै आइरहेको छ। पोखरा महानगरपालिका वडा नम्बर ३० ,३१ र ३२ को चिडियाखाना निर्माणमा ५८ लाख८५ हजार पनि युनाइटेड क्लबले हस्तान्तरण गरिसकेको छ। पोखरा महानगरपालिका वडा नम्बर १० र १२ उदयपुर जिल्ला गढी गाउँपालिकामा हावाहुरी पीडितलाई आर्थिक सहयोग गरी पश्चिम रुकुम जाजरकोटमा भूकम्प पीडितलाई न्यानो कपडा पनि वितरण गरिसकेको छ।
एघारौं पोखरा महोत्सब देखि सेती नदीका खोजहरूलाई एक साहसी पर्यटकीय गन्तव्य स्थल बनाउन पहलकदमीसँगै एघारौं पोखरा महोत्सवसम्म शिक्षा स्वास्थ्य खेलकुद तथा पर्यटन प्रवर्धनको लागि १५%-१५% छुट्याएकोमा बाह्रौँ पोखरा महोत्सवदेखि हामीले युनाइटेड क्लबको आफ्नै जग्गामा रहेको पोखरा २६अर्चले मा  गरिब तथा जेहनदार विद्यार्थीलाई लक्षित गरी निःशुल्क शिक्षा प्रदान गर्ने गरी आवश्यक छात्रवास निर्माणको लागि १५% छुट्याउने भएको छ १२औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एन्ड सन्नी इन्डस्ट्रीज प्रालीको बेटर हो एप्लायन्स प्रायोजकरमा एक दिने पास प्रायोजकमा एकोहमा japanese language and training consultancy टिकट प्रायोजकमा फर्निचर ट्रेडलिङ प्राली प्रवेश पास प्रायोजकमा सिद्धि अटो पार्ट्स एन्ड मोटरसाइकल वर्कशप अफिसियल इन्सुरेन्सयल इन्सुरेन्स अफिसियल पानी सोल्टी पानी हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेसनल रहेको छ भने विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका अमरसिंह मावि र गण्डकी प्रज्ञा प्रतिष्ठान रहेको छ।
महोत्सवमा शारीरिक अशक्त वृद्धवृद्धा वृद्धभत्ता कार्ड भएका एकल महिला विदेशी पर्यटक पत्रकार पाँच वर्ष मुनिका बालबालिका , सुरक्षाकर्मी पोशाक सहितहरुलाई निःशुल्क प्रवेश गराइने भएको छ। १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा २३० देखि २५० स्टल रहनेछन् भने आजै देखि स्टल बुकिङ भएको पनि जानकारी गराइएको छ। महोत्सवमा २ देखि २ लाख ५० हजार दर्शक आउने अनुमान पनि गरिएको छ भने जसमा कुल आम्दानी १ करोड ५१ लाख ७५ हजार हुनेछ भने खर्चतर्फ १ करोड१७ लाख५० हजार गरी, कुल बचत ३४ लाख २५००० रहने अनुमान गरिएको छ। महोत्सवले देशको कला संस्कृति भेषभुषा संरक्षण शिक्षा स्वास्थ्य खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धतिर  पुर्‍याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण सम्म पुर्याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिँदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सबै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने ,आर्थिक विकास मा सहयोग पुर्याउने ,  महोत्सवको आकर्षणहरूमा लोकदोहोरीतर्फ बद्री पगिनी,  प्रजापति पराजुली पुरुषोत्तम न्यौपाने, प्रीतिआले ,ज्योति मगर ,प्रकाश दूतराज, शान्ति श्री परियार ,श्याम राणा, समीक्षा अधिकारी, एलिना चौहान ,रचना रिमाल, राजु परियार लगायत स्थानीय कलाकारको प्रस्तुति रहने भएको छ।
१२ औ पोखरा महोत्सवको उद्घाटन पौष २६ गते दिनको १ बजे पोखरा वडा नम्बर १० र १२ को अमरसिंह माविको  खेलमैदानमा गरिने भएको छ।  महोत्सवमा पर्यटकीय स्थलको जानकारी  दिने स्थललाई निःशुल्क प्रदान गरिएको छ। यो क्षेत्र संस्कृतिप्रेमी, कलाप्रेमी, पर्यटन व्यवसायी, व्यापारी, समाजसेवी, बुद्धिजीवी ,सर्वसाधारण, नागरिक र पत्रकार हरुले सबैले यस महोत्सवलाई सभ्य र भव्य बनाउनको लागि आ-आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुन पनि मूल आयोजक समितिले हार्दिक अपिल  गरेको छ।
Facebook Comments