कृषि बिकास निर्देशनालय पोखरा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय आ: व:२०८०/०८१ को द्दितीय त्रैमाशिक तथा अर्धबार्षिक प्रगति समिक्षा गोष्ठी
कृषि बिकास निर्देशनालय, पोखरा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय को संयुक्त आयोजना मा संचालित आ: व:२०८०/०८१ को द्दितीय त्रैमाशिक तथा अर्धबार्षिक प्रगति समिक्षा गोष्ठी कार्यक्रम आज कृषि बिकास निर्देशनालय पोखरा को सभाहल मा भएको थियो। कृषि बिकास निर्देशनालय, पोखरा को महानिर्देशक श्री वासुदेव रेग्मी ज्यु को अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो भने प्रमुख अतिथि कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश का माननीय श्री महेन्द्रध्वज जी सी को उपस्थितिमा कार्यक्रम संचालन भएको थियो।
अन्य उपस्थितीहरुमा नीति तथा योजना आयोग का माननीय सदस्य अन्चला चौधरी ,कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश का प्रदेश सचिव सहदेव प्रसाद हुमागाईं , पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय का महानिर्देशक डा .प्रेरणा सेढाँइ भट्टराई ,राष्ट्रिय पशु प्रजनन केन्द्र का कार्यलय प्रमुख डा. जगदीश पाण्डेय,.भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पोखरा का प्रमुख शम्भुराज पाण्डे लगाएत अन्य उपस्थितीहरु रहनु भएको थियो। कार्यक्रम को अध्यक्षता गर्नु भएका कृषि बिकास निर्देशनालय, पोखरा को महानिर्देशक श्री वासुदेव रेग्मी ले निजामति तर्फ बढुवा हुनुभएका कर्मचारीहरुलाई बधाई दिंदै भन्नु भयो , हामि अहिले पनि पुरानै शैली मा छौं ,तर त्यो हुन सक्दैन अब हामि नयाँ ढंगबाट काम गर्छौं ,अलि आकर्सित ढंगबाट प्रस्तुति गर्छौं ,अझै हामीले यो आर्थिक बर्षमा नयाँ कार्यक्रम ल्याउने जमर्को गरेका छौ ,३ वटै तहको सरकारको समन्वय र सहकार्य नाभएकाले कार्यक्रम हरु मा गति सुस्त भएको हो ,
त्येसैले स्थानिय सरकार संग छलफल गरेर मात्रै अघि बढ्नु पर्ने हुन्छ ,३ वटै सरकार नंग र मासु को सम्बन्ध नै हो ,सबैको प्रहार भनेको कृषि र पशु नै हो। बजेट को अभाव ले गर्दा हामीले चाहेपनि कार्यकर्म्हारू गर्न सकेका छैनौ , अब गण्डकी प्रदेश को तथ्यांक लाइ निर्मम रुपमा अपडेट गर्दै लानु पर्ने हुन्छ , कर्मचारीहरुको अभाव ,कृषि र पशु क्षेत्र को कार्यक्रम हेर्दा दुइवटा पेन्सन पट्टा वन्नु पर्ने जस्तो पो देखिन्छ , गण्डकी मा यो जनशक्तिले विकास गर्न सक्दैन , प्रदेश सरकारले कृषि र पशु दरबन्दी कर्मचारी थप्नु पर्ने हुन्छ ,करार मा भयका भाइबहिनिहरुले पनि लोकसेवाको को फर्म भरे हुन्छ ,हाम्रो धेरै कार्यक्रम हरु सहकारीहरु बढी छ ,हामीले फिल्डमै धेरै काम गरिसकेका छौं , कृषिको उत्पादन खरिद गर्नेलाई अनुदान दिन पनि नसकेको उक्त कार्यक्रम मा बताउनु भएको थियो। कार्यक्रम का माननीयअतिथि फणिन्द्र देवकोटाले म यौटा सामान्य परिवार मा जन्मिएको मान्छे हो ,मेरो जिवन्त माटो रहेन ,फेरी मेरो बाँच्ने आधार चाँही माटो नै हो ,
तपाईंहरु यो क्षेत्रको विज्ञ नै हो , तपाईंहरुले समस्याका बारेमा प्रस्ट रुपमा भन्न सक्नु भएन भने समाज ले के पाउँछ , समाजले के आशा गर्ने हो ? तपाईंहरु जमेरै छलफल गर्नुहोस ,तपाईहरुको क्षमता राज्यले पत्याएको छ ,तर तपाईहरुले त्येसैमा सवै शक्ति खर्च गर्नु सक्नु भएन ,यदि गलत कारण ले भयो भने बरु राजनीतिक कर्मीहरु संग छलफल गरौँ , संसदहरु संग कहिलै पनि जिल्लाका साथीहरु ले सम्पर्कै गर्नु हुन्न , तर तपाईंहरुले समन्वय गर्नु भनेकै तपाईंहरुलाई नै नाफा हुन्छ , आंफुले बनाएको नीति योजनाहरुको कार्यन्वयन आंफुले बनाएको नीति योजनाहरुको कार्यन्वयन गर्दैनौं भने दोष कसलाई दिने , राजनीति कर्मीहरु र कर्मचारीहरु मिलेर काम गर्न सकिन्छ , कुनै पनि काम मा जोखिम बहन विना हुन् सक्दैन भनि बताउनु भएको थियो ,कृषि ज्ञान केन्द्र स्याङ्जा का प्रमुख विनोद हमाल ले स्याङ्जा मा ५० हजार हेक्टर जमिन मा खेति भएको ,३५ प्रतिशत सिंचाई भएको ,कृषि मा थोरै लगानी भएको तर उत्पादन धेरै भएको , तर युवा जनशक्तिहरु भने नभएको बताउनु भएको थियो। नीति तथा योजना आयोग का माननीय सदस्य अन्चला चौधरी ले कृषि मा अनुसान्धान मुखी नदेखिएको , भौगोलिक बनोट अनुसार कार्यक्रम निर्धारण गर्नु पर्ने , नेगेटिभ पपुलेसनलाइ कसरि नियन्त्रण गर्ने भन्ने बारे बताउनु भएको थियो।
कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश का प्रदेश सचिव सहदेव प्रसाद हुमागाईं ले वित्तिय प्रगति मात्र प्रगति होइन जस्तो लाग्छ ,यो आर्थिक वर्षको अन्तमा ८० प्रतिशत वित्तीय प्रगति पुग्छ जस्तो लाग्छ , हामि लाइभ स्टक तिर निश्चित दिशातिर गैराखेका छौं ,पुर्ण खोप कार्यक्रम यो बर्ष देखि ८५ वटै पालिकामा लैजाँदै छौं ,कास्की र तनहुँ जिल्लामा भेटेरिनरी अस्पताल निर्माण गर्दै छौं ,,मासु मा पनि उत्पादन प्रोत्साहान कार्यक्रम ल्याएका छौ ,घाँस मा आधारित दानाहरु बढाउन सक्छौ ,बाँझो जग्गाहरुमा घाँस खेति बढायका छौ ,प्रोडक्ट डाइभ्र्सेसन मा जाने हो भने दुधमा समस्या हुन् सक्छ ,कृषि र सिंचाई संगै लान सकिएन भने कृषि मा फड्को मार्न सकिदैन ,दक्ष जनशक्तिको अभावले पनि कृषि मा फड्को मार्न सकिदैन ,अहिले पनि हामीले ५०/५५ अर्बको बराबर कृषिजन्य वस्तु को आयात गरिराखेको बताउनु भएको थियो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पोखरा का प्रमुख शम्भुराज पाण्डे ले १६४४ वटा दर्ता भएका फर्महरु छन् ,कास्की जिलामा १२ /१३ हजार को संख्यामा वंगुर को संख्या रहेको ,रुस र युक्रेन को बिचको द्दन्दले सबै क्षेत्रमा असर पार्दा केहि किसानहरुले महँगाइको कारण ले केहि किसानहरुले फर्म बन्द गर्नु भएको छ भने केहि किसानहरुले फर्म को संख्या घटाउनु भएको छ भनि बताउनु भएको थियो।