Monday Dec 23, 2024
We Are Connecting The World By Real News

खैरहनी महोत्सव आजदेखि सुरु हुँदै,पर्यटन मन्त्री पाण्डेले उद्घाटन गर्ने

पुस ५ गते ।     उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा शुक्रबार आहदेखि तेस्रो खैरहनी महोत्सव सुरु हुदैछ ।  संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन हुनेछ ।   महोत्सव सुरु हुनु अघि खैरहनी नगरपालिका गेट अगाडिबाट विभिन्न जातजाति ,संघसंस्थाको पहिचान झल्कने झांकी सहितको शोभा यात्रा निकालिनेछ ।   परिसरमा कृषि प्रदशनी स्थलबाहेक २ सय बढी स्टल निर्माण गरिएको छ ।  स्टेज आकर्षक बनाईएको छ । महोत्सवमा विभिन्न पेशा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थीवर्ग गरी करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनु‌मान गरिएको छ ।
  करिव एक करोड बाह्र लाखको लगानीमा सञ्चालन हुन लागेको महोत्सवमा सवारी साधनहरुसहित गरी करिव १५ करोड वरावरको कारोवार हुने अपेक्षा गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले बताए  ।  तेस्रो खैरहनी महोत्सवको अवसरमा यस पटक  पर्सा बजारमा पुस १३ गते देखि १५ गतेसम्म फूड फेस्टिबलको आयोजना गर्न  लागिएको छ ।  फेस्टिवलमा स्थानीय जातजातिका खानाका परिकार ,कुखुराबाट बन्ने परिकारहरुलाई प्राथमिकता दिइएको उनले बताए  ।  व्यवसायिक साझेदारी प्रयास स्वरुप महोत्सवको प्रवेश टिकटको आधारमा म्याड्‌ङ्गो जनन्योति सिनेमा हल र मौलाकालिका केबलकारको टिकटमा ५०% छुटको व्यवस्था गरिएको छ ।
 संघका वरिष्ठ उपाध्यक्ष एव कला,सांस्कृतिक समिती संयोजक अर्जुन लम्सालले यस पटक सांस्कृतिक कार्यक्रमलाई भब्य बनाउन प्रख्यात कलाकार,गायक,गायिकालाई ल्याउन लागिएको बताए ।  महोत्सवको पुर्व सन्ध्यामा बिहीबार आयोजित रोड रेश प्रतियोगितामा नागेश्वर अहिर प्रथम भएका छन् ।  नेपाल पुलिस क्लबका अहिरले निर्धारित ७ किलोमिटरको दुरि २२ मिनेट ४० सेकेन्डमा पूरा गर्दै प्रथम भएका हुन् ।   उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।   द्वितीय भएका शशस्त्र प्रहरिका राजेन्द्र तामाङले  २२ मिनेट ५० सेकेन्ड ,तृतीय भएका कालिका नगरपालिकाका  सुनिल बिकले  २४ मिनेट ३६ सेकेन्डमा  निर्धारित दुरि पूरा गरे ।
 द्वितीय र तृतीयले क्रमश ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  बिजयी खेलाडिहरुलाई महोत्सवको कुनै अवसर पारेर पुरस्कृत गरिने महोत्सवका खेलकुद समिति संयोजक प्रेम जोशीले जानकारी दिए ।  चौथो देखि दशौ सम्मका खेलाडीलाई एक एक हजार रुपैयाँ पुरस्कार भएको छ।
Facebook Comments