जागिर पाउने सम्भावना बढ्यो।
२०८१ जेठ २१ र २२ गते भएको गण्डकी प्रदेश श्रमधान रोजगार मेला मा स्टल संख्या ४२ वटा रहेको थियो।स्टल भिजिट गर्नेहरु संख्या तेह्र हजार तिन सय बाह्र रहेका थिए। प्यानल डिस्कसन ६ वटा ,करिएर काउन्सिल ८ वटा, मेला मा अवलोकन गर्नेहरुको संख्या पाँच हजार रहेका थिए।
रोजगारीको लागि म्यानुअल्लि निवेदन दिने संख्या २३४ थिए भने अनलाइन बाट निवेदन संख्या धेरै रहेको र त्येसको रेकर्ड केन्द्रमै हुने (नेटवर्किङ्ग ) हुने भएकाले त्यो २३४ पनि हामीले टाईपगरि केन्द्र मै पठाउनु पर्ने हुन्छ। रोजगार दाताहरुले ३५८ जनालाई रोजगारी दिन्छौं भनि कमिटमेन्ट गरेका छन् भनि श्रम तथा रोजगार कार्यालय, गण्डकी प्रदेश,पोखरा का बरिष्ठ श्रम अधिकृत सुरेश ढकाल ले टेलिफोन मार्फत बताउनु भएको थियो।