जिल्ला समन्वय समिति कास्कीको आयोजनामा दुई दिने बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयो।
जिल्ला समन्वय समिति कास्कीको आयोजनामा दुई दिने बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयो। जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की भित्रका कार्यालयहरुले २०८०/८१ मा गरेका काम का प्रगती विबरण प्रस्तुत गरेका थिए । दुइ दिनसम्म चलेको बार्षिक समिक्षा कार्यक्रम मा हिजो १२ वटा कार्यालयहरुले प्रगति विवरण प्रस्तुत गरेका थिए भने आज अन्तिम दिनमा १३ वटा कार्यालयहरुले गरि २५ वटा कार्यालयहरुले कार्य सम्पादन प्रस्तुत गरेका थिए । कार्यक्रम मा पूर्वाधार विकास कार्यलय कास्की का प्रमुख सोभियत खड्काले प्रदेश तहमा काम गर्ने कार्य मा अलि अलि रोग लागेको बताउनु भएको थियो।
२०८०/८१ साना योजनाहरु प्रसस्त भएको र अहिले २०८१/८२ मा पनि दुइ वा दुइ भन्दा बढी दोहोरिएका ३० वटा भन्दा बढी साना योजनाहरु रहेको बताउनु भएको थियो।
स्थानिय पूर्वाधार बिकास आयोजाना गण्डकी प्रदेश कास्की का प्रमुख माधव जंग कार्की ले २०८०/८१ मा ८१ प्रतिशत समग्र मा काम भएको र २०८१/८२ को लागि लागि छनौट भएका कार्यक्रमहरु २८६ वटा योजना परेको बताउनु भएको थियो। शहरी विकास तथा भवन कार्यालय का इन्जिनियर अमृता ढकाल ले २०८०/८१ मा ५८ प्रतिशत प्रगति भएको छ र ३६ वटा मध्ये ३२ वटा भवन सम्पन्न गरेको बताएकी छिन।
खानेपानी तथा सरसाफाई डिभिजन कार्यालय स्यांग्जा का डिभिजन प्रमुख हरि प्रसाद तिमिल्सिना ले यस आर्थिक बर्षमा कास्की मा १३५४३ निजि धाराहरु जडान गरिसकेको र अबको आर्थिक बर्षमा १६ वटा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको बताउनु भएको थियो।
मुन्ग्लिन पोखरा सडक खण्ड पस्सिम का इन्जिनियर नारायण पौडेल ले पेश्की को कारण ले हाम्रो कार्यालय मा बढी वेरुजी देखिएको , करिब २० कि. मि. डबल ल्याण्ड को स्पिडमा गत आर्थिक बर्षमा काम गरिसकेको बाताउनु भएको थियो। जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय कास्की का डिभिजन प्रमुख इन्जिनियर रमेश राज शर्मा ले बजेट घट्दै घट्दै आएको छ र ११८ वटा आयोजनाहरु यो बर्ष कार्यन्वयन हुने गरि आएको बताउनु भएको थियो।
नेपाल टेलिकम कास्की का प्राविधिक धुर्ब थापा ले नेपाल टेलिकम राम्रो हुन को लागि रेगुलेट बडी बलियो हुनुपर्ने बताउनु भएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण .कार्यालय पोखरा का प्रमुख ले ११ वटै जिलाको फुड उधोग हेर्ने , खाध्य तथा दाना नमुना संकलन सेवा अन्तर्गत , हामीले उधोग बाट उत्पादन गरि लेबलिंग गरेका को अनुगमन , उधोग को लागि अनुज्ञा पत्र दिने काम हाम्रो हो भनि बताउनु भएको थियो। सडक डिभिजन कार्यालय कास्की का प्रमुख राहुल राज पाण्डे ले हामीले हेर्ने भनेको मुख्य रापमा राजमार्ग नै हो , गत आर्थिक बर्षमा राजमार्ग अन्तर्गत १ वटा पुल सम्पन्न भएको जानकारी गराउनु भएको थियो।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेल ले कार्यक्रम समापन .गर्दै कार्यालय हरुले आ आफ्नो विबरण हरु प्रस्तुत गर्दै गर्दा , कतिपय कामहरु हाम्रा पुरानै शैलीमा छन्। हाम्रा पुराना काम गर्ने शैलीहरु पद्दतिहरु परिवर्तन गर्नु पर्दछ हिजो पनि आंफुले सोहि कार्यक्रम मा भनेको स्मरण गराउनु भएको थियो। प्रतेक कार्यालय ले बर्षभरी गर्ने कार्यको तालिका बनाइ काम गर्नुपर्ने हुन्छ तर कतिपय कार्यालय त्यो नगरेको बताउनु भएको थियो। हामि जहिले पनि असारको अन्तिम नै कुर्छौँ ,बाढी आउँछ , बर्षात हुन्छ अनि हामि काम गर्न थाल्छौं , त्यो हाम्रो परम्परागत बानि छ त्यो हामीले परिवर्तन गर्न सकेनौं।
जब सम्म हाम्रो शैलीलाई ,व्यबहार लाइ परिवर्तन गर्न सक्दैनौ तब सम्म जनताका सेवाहरु पुरा हुन सक्दैनन। पौडेल ले राजनैतिक ल्याक राख्दै हाम्रा गाउँपालिका का अध्यक्ष तथा उपाध्यक्ष ले पनि कार्यक्रम लाइ महत्व दिनुपर्ने बताउनु भएको थियो। समिक्षा भनेको अघि बढ्ने हो पछि हटने होइननि , जनप्रतिनिधि ज्यु हरुले समय दिनु पर्यो।
आम जनताको चासो को बिषय लाइ लिएर वकालत गरिरहेका छौं यसमा आँफु र कसैको स्वार्थ नभएको भन्दै जनप्रतिनिधि ज्यु हरुको दायित्व पनि । हामि पनि सधै को निम्ति त होइननी त्येसकारण जनप्रतिनिधि ज्यु हरु यस्ता बहस मा समय मिलाएर आउनुपर्दछ , आंफुले कास्की को हरेक क्षेत्रमा पहल गरिरहेको , प्रदेश सरकार , संघिय सरकार फोरम मा सडक ,पुल,नागरिकहरुका मुद्दाहरुलाइ पटक पटक आबाज उठाई रहेको बताउनु भएको थियो। पौडेल ले जनताले सुख पाउँछन् भनेर प्रदेश सरकार , संघिय सरकार लाइ मानसिक अस्पताल स्थापना गरौँ भन्दा कसैले नसुनेको दुख व्यक्त गर्नु भएको थियो।