जुवातास खेलिरहेका ७ जना मानिस पक्राउ
मिति २०८१।०७।२७ गते अं.१६:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ अमरदिप स्थित गौमाया गुरुङले आफ्नै घर कोठा भित्र
जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिई गएको प्रहरी टोलीले जुवातास खेलिरहेका निम्न स्थान बस्ने निम्न व्यक्तिहरू र नगद रु.१,१२,०९०।- (एक लाख बाह्रा हजार नब्बे रुपैयाँ) र २१२ पत्ति तास सहित हारजित हुनेगरी जुवातास खेलिरहेको हुँदा निजहरूलाई नियन्त्रणमा लिई सार्बजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट दिन (१०) दश म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
पक्राउ मानिसहरु :-
1. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १६ दिप बस्ने वर्ष ४० को कृष्ण गुरुङ ।
2. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ सिमलचौर बस्ने वर्ष ६४ को गौमान गुरुङ
।
3. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १६ अमर दिप बस्ने वर्ष ४५ की गौमाया
गुरुङ ।
4. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १६ दिप बस्ने वर्ष ३८ की जुनिता भट्टचन ।
5. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ८ सिमलचौर बस्ने वर्ष ४८ की रुपा गुरुङ ।
6. जिल्ला कास्की पोखरा म.न.पा.वडा नं. १३ पाटनबेशी बस्ने वर्ष ४० को हेमजार
गुरुङ ।
7. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २७ अर्घौचोक बस्ने वर्ष ४६ को बुद्धि बहादुर
गुरुङ ।
सूचना