Monday Dec 23, 2024
We Are Connecting The World By Real News

दशौँ मालेपाटन खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता -२०८१ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

दशौँ मालेपाटन खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता -२०८१ पत्रकार भेटघाट  कार्यक्रम सम्पन्न

सूर्यचन्द्र विकास समाजले हरेक वर्ष नेपालि नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजना गर्ने सांस्कृतिक तथा विविध कार्यक्रमको गरि दशौँ श्रंखला पुर्वाद्द पत्रकार ,मिडियाकर्मी ,मुख्य प्रायोजक ,सह-प्रायोजक सहभागी र दर्शकहरुको सहयोउग ले महत्वपूर्ण प्रतियोगिता सम्भव भएको विज्ञप्ति मार्फत कार्यक्रम मा जानकारी गराइएको थियो।

”  प्रतियोगिता लाइ भव्य बनाऔँ, संस्कृतिको जगेर्ना गरौँ ,उधोग तथा व्यापारीक प्रतिष्ठान प्रवद्दन गरौँ ”  मूल नारा का साथ खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता -२०८१  कार्यक्रम को अन्तिम चरण मा सूर्यचन्द्र विकास समाज पुगेको विज्ञप्ति मार्फत जानकारी गराइएको छ। संस्थाले कार्यक्रम मार्फत मौलिक लोक संस्कृतिक जगेर्ना गर्ने ,युवाहरुलाई गित र नृत्य मार्फत सामाजिक संदेश प्रवाह गर्ने , नारि स्रस्टा सम्मान गर्ने ,भडकिलो तीजलाई निरुत्साही गर्ने ,कार्यक्रम मार्फत मानविय सेवा यवं सचेतना प्रवाह गर्ने ,समाजमा भयका संस्थाहरु बीच समन्वय को भावना  वृद्धि गर्ने ,महिला खेलाडी र खेलकुदलाई प्रोत्साहान गर्ने लगायतका उद्देश्य राखेको कार्यक्रम मा जानकारी गराइएको थियो। दशौँ श्रंखलाको मालेपाटन खुल्ला तिज गित तथा महिला खेलकुद प्रतियोगिता २०८१ कार्यक्रम पोखरा -५ मालेपाटनको बाराही मा वि को खेल मैदान मा हुने भएको छ। भदौ १७ देखि २१ गतेसम्म अर्थात पाँच दिन सम्म संचालन हुने , दशौँ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरियको विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

कार्यक्रम को मुख्य प्रायोजक श्री जय लक्ष्मी सुनचांदी दुकान रहेको छ भने , विशेष सहयोगमा  पोखरा महानगरपालिका वडा न ५ रहने भएको छ। ख्याती प्राप्त कलाकारहरुबाट सांगीतिक तथा मनोरन्जनात्मक प्रस्तुति रहने भयको छ। महिला खेलकुद कार्यक्रम अन्तर्गत  अन्तर मा वि क्षात्रा भलिबल प्रतियोगिता भदौ १७,१८ र १९ गते बिहान ७ बजे देखि १ बजेसम्म  संचालन हुने छ भने , प्रथम पुरस्कार रु २५ हजार ,दित्तीय पुरस्कार रु १५ हजार ,उत्क्रिष्ट खेलाडीलाई प्रतेक खेलमा मेडल र नगद प्रदान गरिने र खेल मा १२ समुहको सहभागिता रहने भएको छ। तिज गित प्रतियोगिता भने भदौ २१ गते संचालन गरिने भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार रु ४० हजार ,दित्तीय पुरस्कार रु ३० हजार , तृतीय पुरस्कार रु २० हजार र सान्त्वना पुरस्कार रु १० हजार रहने भएको छ। कार्यक्रम मा महिला सस्टा समान पनि गरिने भएको छ। कार्यक्रम मा करिब रु ९ लाख ९१ हजार संकलन हुने अनुमान गरिएको छ भने लागत  रु ९ लाख ८५ हजार हुने अनुमान गरिएको छ।

Facebook Comments