नवौँ पर्वतीय महोत्सव २०८१ पोखरा मा सुरु भयो
नवौँ पर्वतीय महोत्सव २०८१ आज देखि पर्वतीय संग्रहालय पोखरा मा सुरु भएको छ। आज देखि पाँच दिन सम्म चल्ने नवौँ पर्वतीय महोत्सव २०८१ को उधघाटन कार्यक्रम को प्रमुख अतिथि समेत रहनु भएका गण्डकी प्रदेश का मुख्य मन्त्रि माननीय श्री सुरेन्द्र राज पाण्डे ले गर्नु भएको थियो। भने अतिथिहरुमा गण्डकी प्रदेश सभाका माननीय सांसद सरस्वति गुरुङ , कास्की का प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे , कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश का सचिव टंक पर्सांइ ज्यु , कार्यक्रम को अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा का वरिष्ठ उपाध्यक्ष श्री ठाकुराम पाण्डे , अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा का प्रमुख सल्लाहाकार आङ्ग छिरिङ्ग शेर्पा ज्यु लगायत अन्य महानुभावहरु को उपस्थिति रहेको थियो।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा का प्रमुख सल्लाहाकार आङ्ग छिरिङ्ग शेर्पा ले यस महोत्सव ले हिमाली भेगमा भएको समस्यालाई नियाल्ने र पर्वतीय स्थानहरुको अवलोकन गर्ने , पर्वतीय स्थलहरुमा बस्ने मानिसहरुको सुख -दुख को बारे मा पनि यो महोत्सव ले जोड दिने छ भनि कार्यक्रम मा बताउनु भएको थियो। कार्यक्रम मा सालु अधिकारि ले FAO संग यस महोत्सव जोडिन पाउँद खुशी व्यक्त गर्नु भएको थियो। त्येस्तै गरेर WWF का राजेन्द्र सुवाल ले यो एक अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था हो जसले उजाड स्थानको संरक्षण र वातावरणमा मानिसको प्रभावलाई कम गर्न काम गर्दछ। नेपालको प्रकृतिक (हिमाल ,पहाड र तराइ सबैको ) अध्यन र अनुसान्धान गर्ने गर्दछ भनि कार्यक्रम मा बताउनु भएको थियो। गण्डकी प्रदेश सभाका माननीय सांसद सरस्वति गुरुङ ले यो देश हिमालहरुका कारण समृद्ध भएको छ।
देशमा मा संघीयता आएको छ तर पर्वतीय संग्रहालय पोखरा लाइ संघियता आएको छैन ,त्येसैले यसमा ध्यान दिनु जरुरि रहेको बताउनु भएको थियो। त्येस्तै गरेर कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश का सचिव टंक पर्सांइ ले भूगोल को हिसाबले गण्डकी प्रदेशमा हिमाली भेग ले धेरै भू -भाग ओगटेको रहेछ। हामीले गण्डकी प्रदेश भर ११ वटा जिल्लामा कृषि ज्ञान केन्द्रहरु स्थापना गरेका छौं , स्थानिय उत्पादनलाई प्रोत्साहान गर्ने गरेका छौं , पशुपन्छी को अवलोकन र पशुपन्छी को व्याबसायालाई व्यवस्थित गर्न लागिपरिरहेका छौं , भूगोल अनुसार सुहाउँदो कृषि उत्पादन लाइ जोड दिएका छौं पर्वतीय पर्यावरणलाइ जोगाउन हामि लागिनै रहने छौं भनि कार्यक्रम मा बताउनु भएको थियो। मुख्य मन्त्रि माननीय श्री सुरेन्द्र राज पाण्डे ले यो महोत्सव सफलताको शुभकामना दिंदै यो महोत्सवले नेपाल मात्र हैन अन्तर्राष्ट्रिय स्तरमा पनि हिमालाहरुलाई चिनाउने गर्दछ। पर्वतीय पर्यटकहरुको प्र्वद्दन कार्यमा पनि ठुलो सहयोग पुग्ने छ ,
नेपाल मा भएको संसारकै दुर्लभ ठाउँ पनि कसरि उपयोगी बनाउन सकिनेकुरा मा पनि यो महोत्सव ले मद्दत गर्ने छ ,पर्वतीय क्षेत्र मा उत्पादन हुने वस्तुहरुको बजारीकरण मा पनि सहयोग पुर्याउने गर्दछ , जलवायु परिवर्तन का असर हामि जस्तो सानो देश ले भोग्नु परेको छ , यसको मुख्य कारण भनेको ठुला देशहरु नै हो , उनीहरुको कलकारखाना बाट निस्कने अनेकौं प्रदुषित कण ले हामि जस्तो सानो देश ले वायुमण्डलिय असर भोग्नु परेको छ ,
त्येसले अन्तर्राष्ट्रिय संघ संस्थाले को बारेमा विशेष ध्यान पुराउनुपर्ने मा जोड दिनु भएको थियो। कार्यक्रम का अध्यक्ष ठाकुर राज पाण्डे ले यो महोत्सवले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय लाइ संरक्षण गर्ने यहाँको पर्यटन लाइ विश्व पर्यटन संग जोड्ने आशा कार्यक्रम मा बताउनु भएको थियो।