Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा ,कास्की शाखाको अधिवेशन २०८० माघ २० गते हुने फागुन १८ ,१९ गते काठमाडौँ मा केन्द्रिय अधिवेशन

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्की शाखाको २०८० माघ २० गते हुने र गण्डकी प्रदेशको अधिवेशन   २०८० फागुन   १८ ,१९ गते काठमाडौँ   हुने  भएकाले    केन्द्रिय अधिवेशन मा कास्की शाखा बाट एकल उमेद्वार प्रस्तावित  गर्ने र सोहि प्रस्तावित उमेद्वार घोषणा कार्यक्रम  आज पोखरा पार्टी प्यालेश बास्तोलाथर  मा भएको थियो। संस्थाका अध्यक्ष कविन्द्र प्रसाद पोख्रेलको अध्यक्ष्यतामा  कार्यक्रम संचालन भएको थियो ,संस्थाका  सल्लाहाकार  प्रेम वहादुर श्रेष्ठ, लेखानाथ उधोग बाणिज्य संघ का पुर्व अध्यक्ष लक्ष्छिमि त्रिपाठी ,त्यसै गरि संस्थाको उपसमिति अन्तर्गत का  द्दितीय उपाध्यक्ष   धुर्व पोख्रेल,सचिव संजय आचार्य ,कोषाध्यक्षय सुर्य मोहन आचार्य सह -सचिव राम प्रसाद सुवेदी सहभागी हुनु भएको थियो।  उम्मेद्वारी घोषणा महासंघको  केन्द्रिय अध्यक्ष का लागि ऋषिराम शर्मा ,सचिव मा मोहन प्रसाद सापकोटा र गण्डकी प्रदेशको अध्यक्ष मा कृष्ण प्रसाद पोख्रेल ले उम्मेदवारी घोषणा गरेका हुन्।

स्टेशनरी तथा पुस्तक व्यवसायिका समस्याहरु निराकरण गर्नका लागि आबश्यक नीति निर्माण बनाइ त्येसलाई कार्यन्वयन गर्न ,  स्टेशनरी तथा पुस्तक  व्यबसायी बिचको सम्बंधलाई प्रगाढ राख्न , स्टेशनरी तथा पुस्तक  व्याबसायालाई मर्यादित बनाउन ,गुणस्तरीय उत्पादन ,मर्यादित व्यापार ,नीति निर्माण मा पहुँच सांगठानिक आधार भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित  स्टेशनरी तथा पुस्तक  व्याबसायी महासंघ को गरिमा उच्च राख्न  गण्डकी प्रदेशको अध्यक्ष पद को प्रत्यासी  कृष्ण प्रसाद पोख्रेलले कार्यक्रम मा उक्त  जानकारी गराउनु भएको थियो। महासंघ ले निरन्तरता  दिनुपर्ने कार्यहरु लाइ अंगाल्दै उत्पादक ,प्रकाशक ,वितरक ,थोक बिक्रेता ,खुद्रा बिक्रेता ,उपभोक्ता ,विधार्थी अभिभावक ,सम्पुर्ण का हक अधिकारलाई शुनिश्चता बनाउन ,पठन संस्क्र्ति लाइ जगेर्ना गर्न ,यस क्षेत्र मा भएका विकृति हरु हटाउन ,देशको आबश्यकता अनुसारको जनशक्ति निर्माण मा देखिएका कमीकमजोरीलाई राज्यको नीति निर्माण तहमा बहस गर्दै समाधानका उपाय खोज्ने द्रिढ इच्छा राख्दै सातौँ केन्द्रिय महाधिवेसन मा मेरो उम्मेदवारी घोषणा गरेको हुँ भनि महासंघको  केन्द्रिय अध्यक्ष पद का उम्मेदवार ऋषिराम शर्मा ले कार्यक्रम मा बताउनु भयको थियो।

 

त्येसैगरि गुणस्तरिय उत्पादन ,मर्यादित व्यापार ,नीति निर्माण मा पहुँच ,सांगठानिक आधार ,अग्रजलाइ सम्मान ,नयाँलाई प्रोत्साहान को आत्मसाथ गर्दै जिल्लाको २ बर्ष कार्यकालमा व्यावसायिक एकता दिगो व्यापार ,मर्यादित व्यवसाय समृद्दिको आधार बन्न पुग्छ भन्ने अधार लिएर ओझेलमा परेका  स्टेशनरी खेलकुद को समस्या उठान गर्न ,नीति निर्माण मा बलियो उपस्थिति बनाउन बुलन्द आवाज सिर्जना गर्न ,व्याबसायिलाई कर मैत्री बनाउन ,महासंघको छाता भित्र नभएका उत्पादक ,वितरक र खुद्रा व्याबसायिलाई महासंघ भित्र आबद्द बनाउन मैले केन्द्रिय सचिव पद मा  उम्मेदवारी जनाएको हो भनि कार्यक्रम मा  मोहन प्रसाद सापकोटा ले बताउनु भएको थियो।

 

 

 

 

 

 

 

 

 

 

 

 

Facebook Comments