नेसनल प्याब्सन, कास्की बृहत बाल प्रतिभा पहिचान
राष्ट्रिय निजि तथा आवासीय विधालय एसोसियसन नेपाल अन्तर्गत को नेसनल प्याब्सन , कास्की को आयोजना मा आज नेपाल पत्रकार संघ कास्की को हलमा सभापति एबम नेसनल प्याब्सन , कास्की को अध्यक्ष्य हेमन्त अधिकारि बिशेष अतिथि मा ज्ञानेन्द्र मोहन भट्टराई , राम बहादुर मोची र सचिव प्रेम राज अधिकारि लगायतअन्य नेसनल प्याब्सन , कास्की का पदाधिकारीहरुको उपस्थितिमा प्रथम बृहत बाल प्रतिभा महोत्सव -२०८० को पत्रकार सम्मेलन भएको थियो। उक्त सम्मेलन मा अध्यक्ष्य हेमन्त अधिकारि ले प्रेस विज्ञप्ति पढेर सुनाउनु भएको थियो। विज्ञप्ति मा ” नेसनल प्याब्सन ,कास्कीको शान ,विधार्थीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन पहिचान ” भन्ने मूल नारालाइ आत्मसाथ गर्दै विधार्थीहरुको शारीरिक ,मानसिक ,सामाजिक ,सिर्जनात्मक , बिकासका लागि प्रभाबकारी भूमिका खेल्न सकोस भन्ने उदेश्यले यहि पौष ६ गते देखि ८ गते सम्म पोखरा को नयाँ बजारमा अबस्थित प्रदशनी केन्द्र मा बृहत बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम मा ४७ वटा विधालयका १५९८ बिधार्थीहरु सहभागी रहने भएका छन्। विधार्थी भाइबहिनिहरुले यो कार्यक्रममा पात ,चोया , पराल ,मकै को भुत्ला सबै बिधार्थी भाइबहिनिहरुले घर बाट ल्याउनु हुन्छ र त्येसको व्यबस्थापन हाम्रो रहने छ, हामीले प्रदशनी केन्द्र मा उनीहरुलाई ठाउँ मात्र दिन्छौ , प्रत्येक विधार्थीहरुले आ आफ्नो प्रतिभा त्येहाँ देखाउने छन् , जसले राम्रो गर्छ उहाँले पुरस्कार पाउँछन्, शुभ कार्य अशुभ कार्य दुवै मा मा टपरी दुना चाहिन्छ।
त्यो सब लोप भइसक्यो , कमसेकम त्यो ट्रेन को बिकास स्कुल स्कुल मा गरौँ न , हाम्रो संस्कृति को रक्षा हुन्छ , सास्कृति जोगिन्छ , बाहिर बाट मान्छे हाएर गरेर ल्याउने होइन ,त्यो त अर्थै हुदैन , त्यो सबै बिधार्थीहरुले गर्ने हो ,र उनीहरुले बनाएकै आधारमा जजमेन्ट हुन्छ , हाम्रो नेसनल प्याब्सन कास्की ले विधार्थीहरुलाई सिकाउन का लागि कोसिस सधै गरिराखेको छ , बाहिर बाट मान्छे हायर गरेर ल्याउने होइन ,त्यो त अर्थै हुदैन , त्यो सबै बिधार्थीहरुले गर्ने हो ,र उनीहरुले बनाएकै आधारमा जजमेन्ट हुन्छ , हाम्रो नेसनल प्याब्सन कास्की ले विधार्थी भाइबहिनिहरु लाई सिकाउन का लागि कोसिस सधै गरिराखेको छ।नेसनल प्याब्सन कास्की संग जोडिएका जति पनि बिधार्थी भाइबहिनिहरु छन् उनीहरु भित्र रहेको साहित्य, कला, प्रतिभाहरुको विकास गर्ने , एकल गायन ,कविता बाचन , हाजिरी जवाफ प्रतियोगिता , चित्रकला को मेला हुदै छ , प्रत्येक स्कुल बाट टप टप ट्यालेन्ट बिधार्थिहरु सहभागी रहने छन्। त्येसै गरि गरि सबै जात जातिहरुको सास्कृतिक प्रतिभाहरुको प्रदशनी रहने छ , यो कार्यक्रम को स्रोत भनेको ४७ वटै सदस्य बिधालय बाट नै हो। यो खर्च कम्तिमा पनि प्रत्येक बिधालय बाट रु १,००,००० जम्मा खर्च हुने , र महोत्सब सम्पन्न गर्दा रु १५ लाख खर्च हुने अध्यक्ष्य हेमन्त अधिकारि ले बताएका थिए। यस्तो कार्यक्रम अहिले सम्म कुनै पनि जिल्ला मा नभएको पनि बताएका थिए।