पत्रकारिताले अनियमितता भएको हेर्छ, बोर्ड का अध्यक्ष श्री लक्ष्मण हुमागाईं कार्यक्रम को कन्टेन भनेको किङ्ग हुन्नुपर्छ, प्राध्यापक सुजन राजा श्रेष्ठ
आज चैत १४ गते नेपाल सरकार विज्ञापन बोर्ड बबरमहल , काठमाडौँ को आयोजनामा पोखरा को लेकसाइड स्थित कुटी रिसोर्ट मा रेडियो र टेलिभिजनको व्यवसाय प्रवद्द्नमा संग्लग्न जनशक्तिको क्षमता विकास कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम मा नेपाल सरकार विज्ञापन बोर्ड का अध्यक्ष श्री लक्ष्मण हुमागाईं, त्रिचन्द्र कलेज का प्राध्यापक सुजन राजा श्रेष्ठ नेपाल सरकार विज्ञापन बोर्ड का सूचना अधिकारि दिनेश लुइटेल , क्षेत्रिय हुलाक कार्यालय पोखराका कार्यालय प्रमुख कीर्तनराज पौडेल लगए त अन्य उपस्थितीहरु सहभागी हुनु भएको थियो।
कार्यक्रम संचालन बोर्ड का सूचना अधिकारि दिनेश लुइटेल ले गर्नु भएको थियो। क्षेत्रिय हुलाक कार्यालय पोखराका कार्यालय प्रमुख कीर्तनराज पौडेल ले दक्ष जनसक्ति उत्पादन मा सहयोग गर्न को लागि यो कार्यक्रम आयोजना गरिएको हो। विज्ञापन भनेको प्रचलित कानुनलाई मध्यनजर गरेर सिर्जना गर्नुपर्ने हुन्छ।
जस्ले गर्दा आँफु दण्डित हुन् परेन , कानुनि पानाको पाटो र दक्षता बढाउने ,क्षमताको अवसर मिल्ने मेरो विस्वास छ भनि कार्यक्रम मा बताउनु भएको थियो। बोर्ड का अध्यक्ष श्री लक्ष्मण हुमागाईं ले अहिलेको अवस्था संकट ग्रस्त छ , अभाव छ , तलबको अभाव छ , विजनेस भनेको नाफा को लागि हो , प्रोफिट विना विजनेस चल्दैन , हामि सर्भिस बेच्छौँ, पत्रकारिताले पैसा हेर्दैन , पत्रकारिताले अनियमितता भएको हेर्छ। हामि कन्टेन बेच्छौँ। मौका पनि छ , कमजोरी पनि छ। जनता संग नपुगेका कार्यक्रम ले प्रिमियम कन्टेन हुँदैन भनि कार्यक्रम मा बताउनु भएको थियो।
त्रिचन्द्र कलेज का प्राध्यापक सुजन राजा श्रेष्ठ ले मिडिया मार्केटिङ्ग दुइ धारे तरवार हो। अरु मार्केटिंग भनेको एक धारे तरवार हो। विदेशतिर सब्क्रिप्सन बढिरहेको छ। लोकल कुराहरु समातेर पनि मार्केटिङ्ग र समाचार राम्रो हुन्छ , कन्टेन लाइ मेन किङ्ग बनाउनु पर्छ। सानो सानो लाइ प्रमोसन गर्न पर्छ , ठुला ठुलाठुलाइ प्रोडक्ट लाइ मात्र गरेरे हुँदैन। ,सेग्मेण्ट नभएको कुनै पनि चिज हुन्दैन। भनि कार्यक्रम मा बताउनु भएको थियो।