पुस २५ देखि माघ ७ गतेसम्म पोखरा महोत्सव हुने भएको छ।
पुस २५ देखि माघ ७ गतेसम्म पोखरा महोत्सव हुने भएको छ। १३ औं संस्करणसम्म आइपुग्दा युनाइटेड क्लबले पोखरा महोत्सव आयोजना गरी शिक्षा क्षेत्रमा पोखरा र आसपासका रहेका विभिन्न सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना र शैक्षिक सामग्री गर्ने गरेको छ । ग्रामीण बस्तीमा निशुल्क स्वास्थ्य शिवि र विभिन्न खेलकुद प्रतियोगितालाई सहयोगसमेत गर्ने गरिएको छ । क्लबले पोखरामा खुला चिडियाखानाको अवधारणा लिई पचभैया क्षेत्रमा पर्ने सामुदायिक वनहरुलाई समेटेर चिडियाखाना निर्माणको पहल गरेको थियो । १२ दिनसम्म चल्ने महोत्सवमा २ सय ५० स्टल रहने छन् । महोत्सवका सबै स्टल बुकिङ भइसकेको महोत्सव प्रचारप्रसार संयोजक सुनारले बताए । महोत्सव २ लाख ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ ।