पोखरा को कन्तिपुर डेण्टल हस्पिटलले लामाचौर मा “रोटरी कान्तिपुर डेण्टल सेन्टर “शुभारम्भ गर्यो। विश्व मुख स्वास्थ्य दिवस पनि मनायो।
कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस् तथा कान्तिपुर डेण्टल हस्पिटल ले आज २०८० चैत्र ७ गते विश्व मुख स्वास्थ्य दिवस मनाएको थियो। विश्व मुख स्वास्थ्य दिवस को अवसर परेर वृहत र्याली कार्यक्रमको आयोजना पनि गरेको थियो।
र्याली मा दाँत सफा राखौं , Better Teeth Better Health ,Great Teeth Great Smile Great life,खुलेर हाँसौं , राम्रो दाँत राम्रो स्वास्थ्य ,स्वास्थ्य श्वास समधुर बोलि भन्ने जस्ता शब्दहरु मा नारा लगाइएको थियो। ,पोखरा को न्युरोड सडक खण्ड लामाचौर ,बाटुलेचौर समेत र्याली कार्यक्रम को आयोजना गरेको थियो। आज बाटै पोखरा को लामाचौर मा “रोटरी कान्तिपुर डेण्टल सेन्टर “शुभारम्भ गरेको कान्तिपुर डेण्टल संचालक प्रतिक मान श्रेष्ठ ले जानकारी दिनु भएको थियो। उक्त सेन्टर मा केहि महिना सम्म आज देखि निशुल्क दाँत परिक्षण ,परामर्श र प्रशिक्षण पनि हुने संचालक प्रतिक मान श्रेष्ठ ले जानकारी दिनु भएको थियो।
कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस् तथा कान्तिपुर डेण्टल हस्पिटल ले आर्थिक बर्ष २०८० मा जम्मा २५ वटा भन्दा बढी स्कुलमा गएर निःशुल्क दन्त परिक्षण ,प्रशिक्षण तथा परामर्श कार्यक्रम गर्ने गरेको छ । त्यस्तै गरी कन्तिपुर डेण्टल हस्पिटलले १० भन्दा बढी विभिन्न समुदायमा गई निःशुल्क दन्त परिक्षण, प्रशिक्षण तथा परामर्श कार्यक्रम गरेको छ ।संस्थाले विभिन्न चाडबाड र अरु अवसरको बेला पारि अस्पतालकै प्राङगणमा पनि निःशुल्क दन्त स्वास्थ्य परीक्षण ,प्रशिक्षण तथा परामर्श कार्यक्रम गर्दै गरेको देखिन्छ ।
अस्पतालले तीज, दशै , आफ्नो स्थापना दिवस, नेपाली ÷अंग्रेजी नयाँ बर्ष, नारी दिवस जस्ता अरु थुप्रै अवसर पारेर समाजलाई यस्तो निःशुल्क सेवा दिदै आईरहेको संचालक प्रतिक मान श्रेष्ठ ले जानकारी दिनु भएको थियो। कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस् तथा कान्तिपुर डेण्टल हस्पिटलले निःशुल्क दन्त स्वास्थ्य परिक्षणको साथ साथै निःशुल्क जेनरल स्वास्थ्य परिक्षण पनि गर्ने गरेको छ ।
कान्तिपुर डेण्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड टिसर्च सेन्टर, रोटरी क्लब अफ काठमाण्डौं नर्थ र रोटरी क्लब अफ उकु जिङ जोङ, ताईवानको संयुक्त परियोजनामा रोटरी कान्तिपुर डेण्टल सेन्टर २०७८ सालमा स्थापना भएको हो । यस संस्थाले वित्तीय लाभ लिनु भन्दा पनि समुदायमा मुख स्वास्थ्यको जनचेतना फैलाउने काम गर्दै अएको छ । यो संस्थाले समुदायमा न्यूनतम शुल्क लिई दन्त उपचार पनि दिदै आइरहेको छ । यस संस्थाको स्थापना पोखरा –२७, तालचोकमा भए पनि अहिले भने पोखरा –१६, लामाचौरमा आफ्नो सेवालाई निरन्तरता दिने भएको छ।