पोखरा पर्यटन परिषद्ले निर्णयलाई छिटो भन्दा छिटो कार्यन्वयनको लागि सरकार संग अपिल गरेको छ
पोखरा पर्यटन परिषद्ले समसामयिक विषयमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रम मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा संचालन हुन् नसक्दा पर्यटन व्यबसायीहरूमा नैराश्यता उत्त्पन्न भएको थियो।
अस्ति बसेको मन्त्रिपरिषद को निर्णयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन सम्बन्धमा पोखरा पर्यटन परिषद्ले गरेको मागको सुनुवाई भएको पोखरा पर्यटन परिषद् का अध्यक्ष श्री पाेम नारायण श्रेष्ठ ज्यु ले प्रेस विज्ञाप्ति मार्फत आज जानकारी गराउनु भयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल मा अन्तर्राष्ट्रिय उडान हुनेमा परिषद निश्चित भएको जानकारी गराउनु भएको थियो। आन्तरिक उडान मा पोखरा बाट नेपालका अन्य शहरहरु सम्मको सिधा हवाई सम्पर्कलाइ आशाको संचार भएको , पोखरा को उत्पादन समेत अन्तर्राष्ट्रिय बजार मा जाने ढोका खुल्ने आशा समेत अध्यक्ष श्री पाेम नारायण श्रेष्ठ ज्यु ले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो।