पोखरा महानगरपालिका वडा नम्बर १ मा जुम्बा डान्स र योगा प्रशिक्षण हुने , तमन्ना गुरुङ र भगवती सुवेदी बाट प्रशिक्षण हुने ,
“आउँ , खेलौँ, स्वस्थ बनाउँ” भन्ने नाराका साथ आगामी पुष २१ गतेदेखि प्रत्येक हप्ताको शनिबार बिहान साँढे ६ बजेदेखि साँढे ८ बजेसम्म सञ्चालन हुने र जुम्बा डान्स र योगा प्रसिक्षण हुने सम्बन्धको जानकारी दिलाउन पत्रकार सम्मेलन आज पोखरा महानगरपालिका वडा नम्बर १ प्राङ्गण मा भएको थियो। यस वडा को खेलकुद बिकास समिति अन्तर्गत को उक्त पत्रकार सम्मेलन अध्यक्ष बिष्णु कुमार गुरुङ को अध्यक्ष्यता मा भएको थियो। सम्मेलनका सचिव अनिश गुरुङ, सदस्यहरुमा रामजी प्रसाद पौडेल ,विजया गुरुङ, अन्जन देवकोटा, असिम थापा र दीपक तामाङ रहनुभएको थियो। भने विशेष उपस्थिति अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष सहारा प्रधान, वडा सदस्य शोभा गुरुङ, सदस्य जुकमाया परियार, सदस्य जुम काजी गुरुङ रहनुभएको थियो।
त्यस्तैगरी पोखरा महानगरपालिका वडा नम्बर १ अन्तर्गत खेलकुद विकास समितिका सल्लाहकार तेजबहादुर र दिलबहादुर पनि उपस्थित रहनु भएको थियो। विश्वव्यापी रूपमा विकसित नवीन प्रविधि सामाजिक परिवर्तन र संस्कृतिमा भएको परिवर्तन तथा मानिसहरूको दैनिक जीवनमा आएको परिवर्तनले मानव जीवनलाई व्यस्तता तर्फ उन्मुख गराएको सर्वविदितै छ। त्यसैगरी हाम्रो आहारा बिहारमा समेत परिवर्तन आउदै जानुको साथै खाद्यान्न तरकारी तथा फलफुल उत्पादनमा अत्याधिक मात्रामा विषादीको प्रयोग र खाद्य पदार्थमा हुने मिसावटले गर्दा मानव स्वास्थ्यको क्षेत्रमा मध्यनजर राखी पोखरा महानगरपालिका वडा नम्बर १ का बासीहरु आमाबुबा दाजुभाई दिदीबहिनीहरूको,
स्वास्थ्यप्रति संवेदनशील भई सबै उमेर समूहका वडा बासीहरुलाई शारीरिक व्यायाम र खेलकुद प्रति जनचेतना फैलाउने उद्देश्यले गर्न लागिरहेको पत्रकार सम्मेलनमा जानकारी भएको थियो। शारीरिक तन्दुरुस्तीको लागि आयोजना गरिने ब्यामका लागि दुईजना जुम्बा विज्ञ र एकजना योगा प्रशिक्षकको पनि व्यवस्था गरिएको उक्त पत्रकार सम्मेलन मार्फत जानकारी भयो। उक्त शारीरिक ब्याम मा लाग्ने खर्चहरु उधोगी , व्यापारी वर्गहरु वडा भरि भएका स्कुलहरु ,अन्य संघ संस्थाहरु बाट पाइने कुराको जानकारी पनि उक्त पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको थियो।