Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

नेपाल मै पहिलो पटक ६० बर्ष माथिको उमेर समुहका फुटबल प्रतियोगिता हुने भएको छ। दोस्रो हिमालयन ब्रुअरी तथा तेर्हौं बगर भाइ खलक अन्तरास्ट्रिय भेट्रान फुटबल प्रतियोगिता २०८०

दोस्रो हिमालयन ब्रुअरी तथा तेर्हौं बगर भाइ खलक अन्तरास्ट्रिय भेट्रान फुटबल प्रतियोगिता २०८० को जानकारी दिनको लागि लेकसाइड पोखरा मा ,आज पत्रकार सम्मेलन भएको छ। सम्मेलन को अध्यक्ष्यता श्री दिल बहादुर गुरुङ ले गर्नुभएको थियो। उपस्थितीहरुमा पोखरा महानगरपालिका वडा न १ का अध्यक्ष श्री शाहारा प्रधान ,उपाध्यक्ष श्री इश्वर गुरुङ ,,महासचिव श्री याम बहादुर गुरुङ ,सचिव श्री मानकाजी गुरुङ , कोषाध्यक्ष श्री रमेश कुमार श्रेष्ठ ,सह -अध्यक्ष श्री ओमकार गिरि , प्रमुख सल्हाकार मा श्री दिनेश गुरुङ ,सल्हाकार श्री तेज बहादुर गुरुङ लगाएत अन्य उपस्थितीहरु सहभागी हुनु भएको थियो।

“स्वास्थ्यको लागि यक घण्टा व्यायाम ,नागरिकहरुका लागि नौलो आयाम ” भन्ने नाराका साथ माघ २१ गते देखि माघ २७ गते सम्म पोखरा को पुरानो टुँडिखेल स्थ्तित रास्ट्रीय माध्यमिक विधालयको खेल मैदानमा हुँदैछ। विगत मा ४० बर्ष उमेर समूहका बीच यस प्रतियोगिता हुने थियो भने , यसपाली ४० बर्ष उमेर  माथिका २३ टिम , ,५० बर्ष उमेर माथिका  ९  टिम , र ६० बर्ष  उमेर माथिका  ४ टिम गरि ३६ टिम बीच का   समहूले प्रतिस्प्रधा गर्ने भएका छन ,     नेपाल मै पहिलो पटक यो  प्रतियोगिता को आयोजना हुन लागेको छ। प्रतियोगिता मा भारत को देहरादुन ,काठमान्डौ ,ललितपुर ,चितवन सिराहा , हेटौडा ,सर्लाही , बुटवल ,सिमरा ,कैलाली ,पाँचथर ,लगायत पोखरा का  स्थानिय ,टिमले पनि

सहभागिता जनाउने भएका छन। ४० बर्षका लागि प्रथम पुरस्कार नगद रु २,००,०००/- ,ट्रफी ,मेडल ,प्रमाण पत्र ,दित्तीय पुरस्कार नगद रु १,००,०००/- ,ट्रफी ,मेडल ,प्रमाण पत्र ,सर्वौतक्रिस्ट खेलाडी लाइ रु १५,०००/- मात्र ,५  pra० बर्षका लागि प्रथम पुरस्कार नगद रु १,००,०००/-,ट्रफी ,मेडल ,प्रमाण पत्र ,दित्तीय पुरस्कार नगद रु ५० ,०००/- ,ट्रफी ,मेडल ,प्रमाण पत्र , ६०  बर्षका लागि प्रथम पुरस्कार नगद रु ५०,०००/-  ,ट्रफी ,मेडल ,प्रमाण पत्र ,दित्तीय पुरस्कार नगद रु ३०,००० /- ,ट्रफी ,मेडल ,प्रमाण पत्र , गरि अन्य पुरस्कारहरु प्राप्त गर्ने भएका

छन्। प्रतियोगिताको मुख्य प्रायोजक विगत बर्ष झैं  हिमालयन ब्रुअरी  प्रा लि गोदावरी काठमान्डौ , सह-प्रायोजक मा बगर भाइ खलक युके रहने भएको छ। अन्य सह प्रायोजकको रुपमा प्रदेश खेलकुद परिषद गण्डकी ,पोखरा महानगरपालिका रहने भएको छ भने विशेस सहयोगी मा सहारा यूके ,बगर भाइ खलक जापान ,भेट्रान ग्रुप हंकंग,पोखरा महानगरपालिका वडा न १ को कार्यालय ,सुजल डेरी प्रा लि (सफल दुध ) लगाएत अन्य सहयोगी संघ संस्था हरु रहने भएका छन्। प्रतियोगिता को सम्पूर्ण तयारि अन्तिम चरण मा पुगेको छ।  प्रतियोगिता सम्पन्न गर्न रु  २५,००,०००/-  अनुमानित गरिएको छ।

Facebook Comments