पोखरा मा भेन्ट्रान्स टेनिस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुने , खेल मा ६५ बर्ष उमेर माथिका पनि सहभागी हुने ,
कास्की जिल्ला टेनिस सङ्घले विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको छ। सन्दर्भमा आगामी पौष १० गतेदेखि १४ गतेसम्म २०औ माछापुछ्रे बैंक पोखरा ओपन तथा भेन्ट्रान्स टेनिस प्रतियोगिता आयोजना हुन आयोजना गर्दैछ ।आज कास्की जिल्ला टेनिस सङ्घ का अध्यक्ष श्री लोक बहादुर गुरुङ को अध्यक्षता मा पोखरा रंगशाला टेनिस कम्प्लेक्स मा पत्रकार भेटघाट कार्यक्रम भएको थियोे ।उक्त कार्यक्रम मा पुरुष तथा महिला सिङ्गल्स डबल्स तथा ३५ प्लस ४५ प्लस ५५ प्लस ६५ वर्षमाथि गरी विभिन्न १२ इभेन्टमा प्रतिस्पर्धा हुनेछ। ओपनतर्फ पुरुष तथा महिला सिङ्गल विजेताले नगद रु ८० हजार, उपविजेताले ४० हजार सहित ट्रफी तथा सेमीफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् भने, पुरुष तथा महिला डबल तर्फ विजेताले नगद रु ३० हजार उपविजेताले १५००० सहित ट्रफी तथा सेमीफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
सिङ्गल्स विजेताले नगद रु ६० हजार उपविजेताले ३० हजार सहित ट्रफी तथा सेमीफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् भने ३५ वर्ष माथिको डबल्स विजेताले नगद रु २० हजार उपविजेताले १० हजार सहित ट्रफी तथा सेमीफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन्। ४५ वर्ष माथिको सिङ्गल्स विजेताले नगद रु ४० हजार उपविजेताले २०,००० सहित ट्रफी तथा सेमीफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् भने ४५ वर्षमाथिको डबल विजेताले नगद रु २० हजार उपविजेताले १० हजार सहित ट्रफी तथा सेमीफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार पाउने छ्न।
५५ वर्षमाथिको सिङ्गल विजेताले नगद रु ३० हजार उपविजेताले १५००० सहित ट्रफी तथा सेमीफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् भने ५५ वर्षमाथिको डबल्स विजेताले नगद रु २० हजार सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् । ६५ वर्षमाथिको सिङ्गल्स विजेताले नगद रु १५००० उपविजेताले ७,५०० सहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद रु २५०० सहित प्राप्त गर्नेछन्। भने ६५ वर्षमाथिको डबल्स विजेताले नगद रु १० हजार उपविजेताले रु.५००० सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन्।