पोखरा मा सक्कली दुध व्यबसायी लाइ नक्कली दुध बेच्ने हरुबाट सावाधान ?? पोखरा मा बिक, बिकी ?? जानकी एग्रो संचालक दिपक तिमिल्सेना
नेपाल डेरी फार्मस संघ र राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजको संयुक्त पत्रकार सम्मेलन आज दिप सागर होटेल न्युरोड मा सम्मपन्न भएको छ। कार्यक्रम का सभापति जानकी एग्रो संचालक दिपक तिमिल्सेना ,प्रमुख अतिथि मा व्यबसायिक पशुपालन तथा दुध उत्पादक क्रिसक समाज नेपाल का केन्द्रिय अध्यक्ष आनन्द निउरे ,पोखरामहानगरपालिका पशु सेवा शाखा प्रमुख नवराज अधिकारि ,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा का प्रमुख नवराज दाहाल ,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा का निमित्त प्रमुख शिवजी बराल ,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भु राज पाण्डे अतिथि को रुपमा सहभागी हुनुभएको थियो। उक्त कार्यक्रम संचालन रास्ट्रीय व्यबसायिक पशुपालक तथा दुग्ध उत्पादक कृषक समाज नेपाल का सचिव विष्णु प्रसाद अधिकारि ले गर्नु भएको थियो। कार्यक्रम का सभापति को रुपमा रहेका दिपक तिमिल्सेना ले हाम्रो माग भनेको “दुध” जुनै जिल्ला बाट पोखरा मा भित्रियोस हामीलाई सरोकार भएन, तर बाहिर जिल्लाबाट आयको खुल्ला दुध र स्थानीय दुधको बर्गिकरण गरि उपभोक्ता माझ पुर्याउने हाम्रो उद्देस्य हो , दुधहरु पोखरा मा आउँछ ,त्यो कुन जिल्ला को दुध हो भनेर चिनिन पर्यो हाम्रो त्येही माग हो भनि बताउनु भएको थियो।
पोखरा मा दिन प्रतिदिन १० हजार लिटर दुध ४ जनाले ,रुपन्देही ,नवलपरासी ,सिराहा र सर्लाही जस्ता जिल्ल्ला बाट आयात गरेको मैले सुनेको छु ,त्येसैले हाम्रो माग भनेको दुध को व्यवसाय गर्न जुन सुकै जिल्ला बाट पनि ल्याउन पाउनु हुन्छ , तर त्यो दुध कहाँ को भनेर चिनिन पर्यो , भनि उक्त पत्रकार सम्मेलन मा जानकारी गराउनु भएको थियो। त्यसै गरि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा का प्रमुख नवराज दाहाल ले , पोखरामहानगरपालिका मा पनि खाध्य बिज्ञं छ , पसल को नियमन गर्ने , घुमी फेरी बेच्ने , पसल को लाइसेन्स लिने ,बजार मा बिक्रि वितरण गर्ने स्थानिय सरकार को जिम्मेवारी हो त्येहां बाट निगरानी गर्नु पर्दछ , त्यो काम पोखरा महानगरपालिकाले निगरानी गरिरहेको अबस्था छ, भनि बताउनु भएको थियो। त्यसै गरि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा का निमत्त प्रमुख शिवजी बराल ले ,पोखरा मा लाइसेन्स लियका ६ वटा मात्र दुध डेरी छन् ,उनीहरुका डेरी को गुणस्तरीय हामीले २ वा ३ महिना मा हेरिरहेका हुन्छौ भनि बताउनु भएको थियो। त्यसै गरि पोखरामहानगरपालिका पशु सेवा शाखा प्रमुख नवराज अधिकारि ले पोखरामहानगरपालिका भित्र सबै किसानहरुको सहित दैनिक झन्डै ८० हजार लिटर दुधहरु उत्पादन हुन्छ ,झन्डै ३५ हजार लिटर दुधहरु तराइ लगाएत अन्य छिमेकी जिल्ला बाट आउँछ , भनि बताउनु भएको थियो।