Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

पोखरा मा २५ औं सडक महोत्सब पौष १२ गते देखि १६ गते सम्म हुने भएको छ। सडक मै खाउँ ,सडक मै नाचौं र सडक मै रमाउँ, Happy New Year 2024

आज पौष १० गते मंगलबारका दिन रेवान को आयोजना मा  अध्यक्ष नरेश भट्टराइ ज्यु अध्यक्ष्यता  मा माउन्ट कैलाश रिसोर्ट लेकसाइड पोखरा मा  पत्रकार सम्मेलन भए को थियो।, सम्मेलन मा नि वर्तमान अध्यक्ष लक्षमण बारल ,२५ औं सडक महोत्सब का संयोजक विश्वराज पौडेल ,दित्तीय उपाध्यक्ष बसन्त गौतम,  २५ औं सडक महोत्सब का महासचिब विकास भट्टराई ,२५ औं सडक महोत्सब का सह संयोजक वैभव पौडेल ,२५ औं सडक महोत्सब का सल्लाहाकार गोपी व; भट्टराई ,पोम नारायण श्रेष्ठ ( P TC ) लागायत अन्य अतिथिहरु रहेका थिए ।

रेवान पोखरा ले प्रत्येक  नयाँ बर्ष मा लगाउंदै आएको Pokhara street festival  लाइ सडक मै खाउँ ,सडक मै नाचौं र सडक मै रमाउँ भन्ने नारा सहित को २५ आँ सडक महोत्सब को आयोजना हुन लागेको हो।  २०२४ को समुद्घाटन कार्यक्रम  पौष १२ गते बिहिबार दिनको १ बजे कोमागाने पार्क , लेकसाइड , पोखरा हुने भएको छ।  पोखरा सडक महोत्सव २०२४ आकर्षकहरू मा सांस्कृतिक कार्यक्रम चितवनबाट थारुहरूको भेषभूषा सहितको थारुस्टिक नाच सिन्धुलीबाट महिलाहरूको पन्चेबाजा रुकुमबाट मयुर नृत्य ,सशस्त्र प्रहरी ब्यान्डबाजा, नौमती पन्चेबाजा छिमेकी समूहको सङ्गीत राई लिम्बु जातिको धान नाच, नेवार जातिको लाखे नृत्य, शिवभजन ,मगर जातिको कौडा नाच झलकमान समूहको संगीत ,जुजुजु समूहको संगीत, हिमाली संस्कृति परिवारको सांस्कृतिक कार्यक्रम,

एसके डान्स ग्रुपको सांस्कृतिक कार्यक्रम काठमाडौँबाट आउनुहुने कलाकारको इन्स्ट्रुमेन्टल संगीत, विभिन्न जातजातिको मौलिक भेषभुषा सांस्कृतिक कार्यक्रम सहितको झाँकी प्रदर्शनी, प्रतियोगिता पार्कमा लाइभ ब्यान्डतर्फका कलाकारहरू दीपक बज्राचार्य मुक्ति र रिभाइभल लक्ष्य ब्यान्ड लाउरे , लोकदोहोरीतर्फका कलाकारहरू प्रजापति पराजुली, प्रीति आले पशुपति शर्मा बद्री पगिनी र पुरुषोत्तम न्यौपाने , खेल कुद कार्यक्रम तर्फ कार्यक्रमहरू बोट रेस, वेटर रेज, टग अफ वार ,भलिबल प्रतियोगिता, बालबालिकाहरूको लागि चित्रकला प्रतियोगिता, आमा समूहहरूबीच टक अफ वार प्रतियोगिता ,

महोत्सव प्रबदक मा नेपाल पर्यटन बोर्ड पोखरा महानगरपालिका गण्डकी प्रदेश सरकार पर्यटन र पर्यटन परिषद् रहेका छन्। महोत्सबको मुख्य प्रायोजक मा गोर्खा ब्रुअरी ,प्रा लि को टुवोर्ग बियर र द नेपाल डीसटिलरी , सह प्रायोजक मा नेपाल लिक्वायर प्रालिको सिग्नेचर हुस्की ,नेपाल तराइ लि को कोका कोला रहेका छन।

 

 

Facebook Comments