Monday Dec 23, 2024
We Are Connecting The World By Real News

पोखरा लाइ छिटै नै २०८० सालको चैत्र भित्र नै पर्यटकीय राजधानी घोषणा गर्ने टुंगो लगाउने छौ :मेयर धन राज आचार्य पोखरा मा चैत्र १ गते देखि ३ गते सम्म गल्फ प्रतियोगिता हुने भएको छ।

बाह्रखरी मिडिया को आयोजना मा आज होटेल पोखरा ग्राण्ड बिरौटा पोखरा मा  आठौँ संस्करण को” एन सेल बाह्रखरी  गल्फ  एण्ड बियोण्ड” को पत्रकार सम्मेलन भएको थियो। उक्त पत्रकार सम्मेलन का अध्यक्ष  बाह्रखरी मिडिया  का अध्यक्ष श्री प्रतिक प्रधान , प्रमुख अतिथि पोखरा महानागपालिका का मेयर श्री धन राज आचार्य , लागायत अन्य उपस्थितीहरुमा बाह्रखरी मिडिया का प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य , पोखरा पर्यटन का अध्यक्ष पोम नारायण श्रेष्ठ , गण्डकी प्रदेश नीति तथा योजना आयोग का उपाध्यक्ष ड कृष्ण देवकोटा लगाएत अन्य उपस्थितीहरु सहभागीरहनु भएको थियो।

भने कार्यक्रम संचालक बाह्र खरी मिडिया का सम्पादक बलराम पाण्डे ले गर्नु भएको थियो। यस प्रतियोगिताको मुख्य प्रायोजक एन सेल रहेको छ। यो प्रतियोगिता चैत्र १ गते देखि ३ गते सम्म हुने भएको छ। कार्यक्रम संचालक पाण्डे ले पोखरा मै यो गल्फ खेलिने भएकाले  पोखरा गोल्ड यण्ड बियोण्ड नाम राखेको  हो  र यसले युवा वर्गहरुलाई लक्षित गरि युवा उधमी का लागि विशेष प्राथमिकता दिने कार्यक्रम मा जानकारी गराउनु भएको थियो। उपस्थितिमा रहनु भएका हरि बहादुर थापा ले यो गल्फ पोखरा मा दोस्रो पटक गर्न लागि एको हो ,

यसले पोखरा को पर्यटन मा सहयोग पुर्याउने विस्वास समेत उहाँले कार्यक्रम बताउनु भएको थियो। काठमाडौँ मा २ पटक र पोखरा मा १ पटक यो गल्फ खेल खेलिसकेको र अब फेरी पोखरा मा आयोजान गर्न लागेको ले पोखरा को पर्यटन लाई पक्कै पनि बढवा दिने छ भन्ने कुराको जानकारी उहाँले गर्नु भएको थियो। पोखरा महानागपालिका का मेयर श्री धन राज आचार्य ले पोखरा लाइ छिटै नै २०८० सालको चैत्र भित्र नै पर्यटकीय राजधानी घोषणा गर्ने टुंगो लगाउने छौ ,पाँचतारे होटेल , टुरिस्ट होटेल खोलेर  मात्रै पर्यटन प्रबदन हुन्दैन , त्येसका लागि खेल को माध्यम बाट पनि पर्यटन प्रबदन हुने हुन्छ , त्येस मध्ये पनि यस गल्फ प्रतियोगिता ले आर्थिक क्षेत्र मा मद्दत पुर्याउँछ।

यो गल्फ प्रतियोगिता ले पोखरा लाइ त्यति नै महत्वपूर्ण हुने गर्दछ। जसरी हाम्रो बार्षिकी क्यालेन्डर को रुपमा  म्याराथुन ,आहा रारा गोल्ड कप लाइ राखिएको छ त्येसरी नै यस गल्फ प्रतियोगितालाई राख्न सकियो भने अन्तरास्ट्रिय जगत मा पनि नाम रहिरहने छ , त्येस्का लागि पोखरा महानगर संधै साथ रहने विस्वास कार्यकम मा मेयर धन राज आचार्य ले बताउनु भएको थियो।

गोकर्ण गल्फ का डाइरेक्टर दिपक आचार्य ले अहिले गल्फ खेलहरुको संख्या बढेको , यस खेल मा महिला तथा पुरुष दुवैले सहभागी पाउने , यसपाली १२० जना खेलाडीहरुले  चैत्र १ गते दखि ३ गते सम्म     खेल खेल्ने छन् भन्दै बाह्रखरी मिडिया लाइ यो गल्फ खेल  प्रतियोगिता  पटक- पटक आयोजना   गरिरहेकाले धन्यवाद समेत दिनु भएको थियो।

पोखरा पर्यटन का अध्यक्ष पोम नारायण श्रेष्ठ ले बाह्रखरी मिडिया लाइ धन्यवाद दिंदै यो गल्फ प्रतियोगिता ले पर्यटन भित्र्याउन मद्दत गरेको छ ,यो खेलमा बढी खर्च हुने भएकाले यो प्रतियोगिता महत्वपूर्ण ब्राण्ड बन्न गएको छ ,गल्फ कोर्स एसियाकै टप पर्न सफल भएको छ ,यसलाई अवसरको रुपमा लिन पाउने भएका छौं , यसले पर्यटन प्रबद्द्न गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

र अन्त्यमा देशको समृद्धि पर्यटन बाटै नै छ भनि कार्यक्रमा मा बताउनु भएको थियो। गोकर्ण गल्फ का अध्यक्ष सुर्य घिमिरे ले यो अत्येंतई सहरानिए छ , तर जति पनि गल्फ प्रमोट गर्नु थियो तर त्यति भएको छैन ,फिजिकल फ्यासिलीटिज विकास गर्नु जरुरि छ भनि बताउनु भएको थियो। गण्डकी प्रदेश नीति तथा योजना आयोग का उपाध्यक्ष ड कृष्ण देवकोटा ले यो गल्फ प्रतियोगिता आठौँ संस्करण को पोखरा मा गर्न तरखर भएको बेला गण्डकी प्रदेश सरकार कुनै न कुनै तरिका बाट साझेदार हुनेनैछौँ।

हाइअल्टीचुट सम्भाबना पनि हामीले हेरिरहेका छौं ,बाह्रखरी ले जुन पोखरा मा गल्फ प्रतियोगिता गर्ने निर्णय गर्यो यसले पक्कै पनि पोखरा को पर्यटन लाइ सहयोग पुर्याउने छ। जस्ले गर्दा गण्डकी प्रदेश कै ब्राण्ड बनाउने छ , गण्डकी प्रदेश मा यस्तो खाले प्रोग्राम को शेडुल बनोस जस्ले गर्दा गण्डकी प्रदेश को सकारात्मक संदेश फैलाउने पनि छ , भनि कार्यक्रम मा बताउनु भएको थियो।

 

 

Facebook Comments