प्रथम प्रादेशिक कृषि यान्त्रीकरण मेला २०८० , सुभारम्भ भयो। किसान को ढिलाई लाइ मद्दत पुर्याउन लाग्यो, पोखरा मा कृषि यान्त्रीकरण मेला २०८० ,२० ,२१ र २२ गते
प्रथम प्रादेशिक कृषि यान्त्रीकरण मेला २०८० , आज पौष २० गते देखि प्रदशनी केन्द्र नयाँ बजार पोखरा मा सुभारम्भ भयो।
प्रथम प्रादेशिक कृषि यान्त्रीकरण मेला को उद्दघाटन कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश का माननीय मन्त्रि महेन्द्रध्वज जी सी ले गर्नुभएको थियो। उद्दघाटन अघि माननीय मन्त्रि महेन्द्रध्वज जी सी ले उपकरणहरु राखिएको प्रतेक स्टलहरुमा अवलोकन गर्नु भएको थियो। मन्त्रि जी सीले आधुनिक उपकरणहरु बारे जानकारी लिनु भएको थियो। खास गरि यो तिन दिन सम्म चल्ने यो मेला ले किसान दाजुभाइ दिदीबहिनीहरु को जीवन लाइ सहज होस् , आधुनिक प्रविधिको उपकरणहरु प्रयोग सजिलै संग गर्न पाउन , प्रविधिको प्रयोग गरि आफ्नो खेति छिटो र छरितो एबम सुबिधा ढंगबाट गर्न पाउन भन्ने हेतुले यो मेला आयोजना गरिएको हो। आधुनिक व्यावसायिक तर्फ उन्मुख हौं , भन्ने शन्देश दिन को लागि पनि यो मेला को आयोजना गरिएको हो।
यस मेला मा थुप्रै आधुनिक कृषि प्रवीधी का उपकरणहरु का स्टल राखिएको थियो। बिना बिषादी कम मुल्यमा सजिलो प्रयोग सुरक्षित भण्डारण हर्मे टिक भण्डार ब्याग , थोपा सिंचाई प्रबिधि ,बालि विकास सम्बन्धि उपकरणहरु ,मकै खेति सम्बन्धि उपकरणहरु पोस्ट हार्भेस्ट सम्बन्धि उपकरण हरु ,रैथाने बालीहरुको बिउ बिजनहरु ,कौशी खेतीका लागि आवश्यक सामाग्रीहरु ,बिना विजुली विना इन्धन पानि तान्ने पम्प ,तरकारी,फलफुल ,चिया ,अदुवा अलैंची ,अकबरे खुर्सानी ,बेसार ,जडिबुटी तथा माछा ,मासुका सुकुटी सुकाउने मेशिन नेपाल थोपा सिंचाई अन्तर्गत का मेशिनहरु ,जमिन तयार गर्ने उपकरणहरु
– पावरटिलर,बालि कटान गर्ने यन्त्रहरु , डेरीका यन्त्रहरु , पशुपालनका यन्त्रहरु , बालि संरक्षण सम्बन्धि उपकरणहरु मकै खेति सम्बन्धि उपकरणहरु फलफुल खेति सम्बन्धि उपकरणहरु ,गार्डेनका उपकरणहरु माझ हाते टेक्टर,धान गहुँ काट्ने रिपर ,धान गहुँ झार्ने साना तथा मझौला थ्रेसर ,माकी रोप्ने गोड्ने ,छोडाउने यन्त्र ,पशु आहारा काट्ने चाफ कटर,धान ,मकै गहुँ कुट्ने पिसने मिल ,पानि तान्ने पम्प , धान रोप्ने मेसिन आदि धेरै उपकरणहरु मेला मा राखिएको थियो। यो मेला ले किसानहरु को पसिना खेर नजाओस , सुबिधायुक्त ढंगबाट किसान ले फल पाउन , फललाइ सुरक्षित राख्न मद्दत पुगोस भन्ने हेतुले आयोजना गरिएको हो।