Monday Dec 23, 2024
We Are Connecting The World By Real News

प्राईम बहुउद्देश्यीय सहकारी संस्था लि. ठगी सम्बन्धी कसूरमा थप १ जना मानिस पक्राउ

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटन स्थित संचालनमा रहेको श्री प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरी अनुसार सहकारी ठगी कसुरका प्रतिवादी जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ बस्ने वर्ष ५६ की दिपा कोइरलालाई आज मिति २०८१।०५।१३ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतमा पेश गरीएको ।

Facebook Comments