Monday Dec 23, 2024
We Are Connecting The World By Real News

महिला सिप विकास संस्था को २८ औँ वार्षिक साधरण सभा र महिला सिप विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औँ वार्षिक साधरण सभा संयुक्त रुपमा सम्मपन्न

महिला सिप विकास संस्था को २८ औँ वार्षिक साधरण सभा र महिला सिप विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १४ औँ वार्षिक साधरण सभा को संयुक्त रुपमा    आज मिति २०८१-०५-१५ गते सिर्जनाचोक स्थित साइमन पार्टी प्यालेश मा सम्मपन्न भएको छ। कार्यक्रम को प्रमुख अतिथि पोखरा महानगरपालिका कि उप -प्रमुख श्री मञ्जु देवी गुरुङ ज्यु रहनु भएको थियो भने,कार्यक्रम को अध्यक्षता महिला सिप विकास संस्था को कार्यकारी निर्देशक श्री रामकली खड्का ज्यु ले गर्नु भएको थियो।  विशेस अतिथिहरुमा पर्यटन तथा उधोग कार्यालय  मासबार पोखरा का प्रमुख ज्यु,लि वर्ड का पुर्व अध्यक्ष श्री कृष्ण प्रसाद बास्तोला ज्यु ,

पोखरा महानगरपालिका अन्तर्गत व्यबसाय प्र्वद्दन केन्द्र का प्रमुख  नवराज अधिकारि ज्यु ,स्वतन्त्र पत्रकार संघ कास्की का अध्यक्ष श्री कृष्ण प्रसाद बास्तोला ज्यु ,अतिथिहरुमा चिल्ड्रेन नेपाल का अध्यक्ष श्री  डिल्लिराम शर्मा  ज्यु , महिला उधमी संघ कास्की का कोषाध्यक्ष  कोषाध्यक्ष श्री गोमा ढकाल  ज्यु ,पोखरा हस्तकला संघ कास्की का उपाध्यक्ष  श्री सिता गुरुङ ,महिला सिप विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड का सल्लाहाकारहरु क्रमश  श्री विष्णु प्रसाद बराल ज्यु  र शान्ति माया थापा, पुर्व डि  एस  पी  तथा समाजसेवी श्री श्याम सुन्दर खड्का ज्यु ,समाजसेवी सानु राणा ज्यु ,लगायत अन्यजनहरुको उपस्थिति रहेको थियो। महिला  सिप विकास संस्था  को  २८ औँ वार्षिक साधरण सभा र महिला सिप विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड  १४ औँ

वार्षिक साधरण सभा को संयुक्त कार्यक्रम मा महिला सिप विकास संस्था संग आबद्द महिलादिदिबहिनिहरुलाई आउंदै गरेको  हरितालिका तिज को दर खाने  कार्यक्रम  समेत  गरिएको थियो । कार्यक्रम संचालन महिला सिप विकास संस्था कि कर्मचारी श्री मिना खड्का कार्की ज्यु ले गर्नु भएको थियो।  रिठेपानि को प्रितम कुमारी गुरुङ को समुहबाट राष्ट्रिय गान / स्वागत गान गरि कार्यक्रम संचालन भएको थियो।   कार्यक्रम को पहिलो वक्ता को रुपमा रहेकी महिला सिप विकास संस्था कि  उपाध्यक्ष श्री तारा गर्बुजाले आगामी आउने दिनहरुमा पनि पोखरा महानगरपालिका कि उप -मेयर मञ्जु देवी गुरुङ ले हाम्रो यो संस्थालाई धेरै धेरै साथ दिनु होला ,अहिले सम्म साथ पाइने नै  रहेका छौं भनि बताउनु भएको थियो।

कार्यक्रम को उद्दघाटन उप- मेयर मञ्जु देवी गुरुङ ले पानस मा दियो बालि गर्नु भएको थियो भने लगतै कितावको बिमोचन पनि गर्नु भएको थियो। महिला सिप विकास संस्था को संस्थापक अध्यक्ष  तथा निर्देशक राम कलि खडका ज्यु ले  महिलादिदिबहिनिहरु लाइ आउंदै गरेको हरितालिका तिज को शुभकामना दिंदै ,सिप सिक्ने मात्र होइन ,सीपलाई व्यबसाय  संग जोडिनु पर्दछ। हाम्रो चाहाना भनेको तपाईं हामीहरु विदेश मा जाने होइन स्वदेश मै बसेर केहि सिप ,ज्ञान   सिकेर आफ्नो व्यापार लाइ निरन्तरता दिने हो।  हामीले नगरपालिका बाट सहयोग पनि पाइने रहेका छौं ,कोभीड   को समय मा हामीले ऋण पनि पायका थियौं ,हामि सबैलाई उप- मेयर ज्यु ले कल्याण गर्नुहुने नै छ। यो संस्था महिलादिदिबहिनिहरुको हित को लागि यो संस्था खुलेको हो। विशेस गरेर ग्रामिण बस्तुहरुलाई समेटेर लैजाने हाम्रो प्रयास हो। सबैको साथ र सहयोग ले गर्दा अहिले सम्म हामि यहाँ आइपुगेका  नै छौं।

महिलादिदिबहिनिहरुको साथ् ले हाम्रो संस्था अझै अघि  बढ्ने  छ भनि कार्यक्रम मा बताउनु भएको थियो। कार्यक्रम मा महिला सिप विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्तर्गत  का  असल बचत कर्ता २ जनालाई ,उत्क्रिष्ट कर्मचारी ,महिला सिप विकास  संस्था अन्तर्गतका केहि कर्मचारिहरु र संस्था मा आबद्द महिलादिदिबहिनिहरुका मा  उत्क्रिष्ट छोराछोरीहरु लाइ नगद तथा प्रमाण पत्र दिई सम्मान  पनि गरेको थियो ।

पोखरा महानगरपालिका अन्तर्गत व्यबसाय प्र्वद्दन केन्द्र का प्रमुख  नवराज अधिकारि ज्यु ले हरितालिका तिज को अबसर मा सम्पुर्ण महिलादिदिबहिनिहरुलाई  शुभकामना  दिंदै    महिला सिप बिकास  संस्था ले यस्तो किसिमको कार्य   गरेर अघि बढ्नु त्येसमा पनि यक महिला को यो किसिमको प्रयास गर्नु भनेको चान चुने   कुरा होइन ,त्येसैले उहाँलाई सम्मान गर्न चाहान्छु भनि बताउनु भएको थियो। यो संस्थाले वस्तुहरु उत्पादन गरि धेरैलाई  रोगजार दिलाउनु भएको छ। सरकार ले मात्र सबै कुरा गरेर सक्दैन ,तपाईं हरु जस्ताले नै बस्तुहरु धेरै उत्पादन गरेर अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सकियो भने ,हाम्रो माग बढछ। पो मा न पा ले रैथाने बजार शुरु गरिसकेको छ ,

यहांहरुले  उत्पादन  गरेका बस्तुहरु बिक्रीवितरण मा सहज  हुने  आशा  लिएको छु। पो म न पा ले स्टार    अप कार्यक्रम संचालन गरिरहेको  छ।  पोखरेली जेठो बुढो    धान लाइ ब्राण्डिङ्ग  गरिरहेको छ भनि कार्यक्रम मा बताउनु भएको थियो। चिल्ड्रेन नेपाल का अध्यक्ष श्री  डिल्लिराम शर्मा  ज्यु ले स्वच्छ व्यबसाय हुनु जरुरी छ , ठुलो उधोग हरु धेरै नाफा मा जाने साना व्यबसायहरु घाटामा जाने नहोस, जसरी आज हामी माला लगाइ यसरी बसिरहेका छौं ,

त्येसैगरी महिलादिदिबहिनिहरु को निमित्त व्यबसाय मा सिपमुलक कार्यक्रम गरि माल उन्दिन आबस्यक भएको अनुभूति मलाई भएको छ।सामाजिक उधम बिकास गर्न यो संस्था नमूना को रुपमा सफल भएको छ। रामकली खडका ज्यु ले स्वास्थ्य व्यबसाय अभियान चलाउनु भएको छ , उहाँलाई धेरै धेरै धन्यवाद र हरितालिका तिज को अबसर मा सम्पुर्ण महिलादिदिबहिनिहरुलाइ शुभकामना ब्यक्त गर्नु भएको थियो। उप मेयर मन्जु गुरुङ ले यो संयुक्त कार्यक्रम को लागि उत्तरोत्तर प्रगती को कामना गर्नु हुदै ,

यो संस्थाले महिलाको सीप ज्ञान बिकास गरि अन्तर्राष्ट्रिय बजार मा समेत चिनाउन सफल भएको कार्य,मा बताउनु भएको थियो।आगामी दिनहरु मा यो संस्था पोखरा मात्रै नभै नेपाल भर चिनाउन सकोस भन्नुभएको छ।  यो संस्था सङ्ग सबैले हातेमालो गरि जानू पर्ने आबस्यक रहेको बताउनु भएको थियो।

महिलादिदिबहिनिहरुले संचालन गरेका हरेक सहकारीहरुलाइ सहकार्य गर्दै अघि बढने बिस्वास दिलाउनु भएको थियो।यो हरितालिका तिज तडक भडक नभै , सरल र समाज मा सचेतना जगाउने किसिमको हुनुपर्छ भनी कार्यक्रम मा बताउनु भएको थियो । उप मेयर मन्जु गुरुङ ज्यु लाई महिला सीप विकास संस्था तथा महिला सीप विकास बचत तथा रिन सहकारी संस्था लिमिटेड को संस्थापक अध्यक्ष तथा निर्देशक रामकली खडका ज्यु ले मायाको चिनो ह्स्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments