मादी गाउँपालिकाभित्रका शिक्षकहरुको हाजिरी जवाफ प्रतियोगिता हुने : अध्यक्ष देवी जङ्ग गुरुङ्ग शिक्षक उडे विधार्थी दौडन्छन,शिक्षक दौडे विधार्थी हिंडछन्,शिक्षक हिंडे विधार्थी सुत्छन ।
मादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, थुमकोडाँडा, कास्की को आयोजनामा ” खेल अभियान पर्यटन र संस्कृतिको पहिचान ” भन्ने मूल नारा का साथ , पालिका स्थापना दिवस तथा प्रथम पालिकास्तारिय अध्यक्ष कप भलिबल प्रतियोगिता २०८० को पत्रकार सम्मेलन आज होटेल दिप सागर पोखरा मा पत्रकार सम्मेलन भएको थियो। उक्त सम्मेलन को अध्यक्ष्यता मादी गाउँपालिका, गाउँ कार्यपालिकाकार्यालय का अध्यक्ष श्री देवी जङ्ग गुरुङ्ग ले गर्नु भएको थियो भने ,
उपस्थितीहरुमा उपाध्यक्ष श्री कल्पना गुरुङ्ग लगाएत मादी गाउँपालिका भित्र का सम्पुर्ण वडा अध्यक्ष ज्यु हरु उपस्थितीहरुमा रहनु भएको थियो। मादी गाउँपालिका ५६३ वर्ग कि मि क्षेत्रफल मा फैलिएको जानकारी अध्यक्ष श्री देवी जङ्ग गुरुङ्ग ले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको थियो। खेल को माध्यम बाट यस यस क्षेत्र को पर्यटन तथा संस्कृति लाइ प्रबर्दन गर्ने गरि खेलका लागि अन्य पालिकहरुबाट आउनु भएका खेलाडीहरु माध्यम बाट यस पालिकाको पर्यटकीय र धार्मिक क्षेत्रहरुको प्रचार -प्रसार साथै संस्कृतिको आदान प्रदान गर्ने हेतुले मिति २०८० माघ फागुन २७,२८ र २९ गते पालिकाले आफ्नो स्थापन दिवसको उपलक्ष्यमा प्रथम पालिका स्तरिय अध्यक्ष कप भलिबल प्रतियोगिता र पालिका स्थापना दिवस आयोजना गर्न लागिएको कार्यक्रम मा जानाकारिदिनु भएको थियो। अध्यक्ष कप भलिबल प्रतियोगिता को प्रथम
पुरस्कार रु तिन लाख तथा शिल्ड ,मेडल र प्रमाण -पत्र , द्वितीय पुरस्कार रु दुइ लाख तथा मेडल र प्रमाण –पत्र , तृतीया पुरस्कार रु एक लाख तथा मेडल र प्रमाण –पत्र, सान्त्वना पुरस्कार रु ५० हजार र विभिन्न विधाका उत्क्रिष्ट खेलाडी पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङ ले जानकारी गराउनु भएको थियो। पालिका भित्रका शिक्षकहरुको हाजिरी जवाफ प्रतियोगिता पनि संचालन हुने जानकारी गराउनु भएको थियो। हाजिरी जवाफ प्रतियोगिताको प्रथम पुरस्कार रु १५ हजार ,द्वितीय पुरस्कार रु १० हजार र तृतीया पुरस्कार रु ५ हजार रहेको समेत कार्यक्रम मार्फत मादी गाउँपालिका अध्यक्ष श्री देवी जङ्ग गुरुङ्ग ले बताउनु भएको थियो।