मानिसलाई पेट्रोल छर्की आगो लगाई फरार रहेका १ जना मानिस पक्राउ
मिति २०८१।०८।२७ गते अं.२३:०० बजेको समयमा जिल्ला कास्की मादी गाउँपालिका वडा नं.५ ठुलास्वारा बस्ने बर्ष ४८ को दुर्गा बहादुर गुरुङलाई आफ्नै घर बाहिर अन्दाजी बर्ष ३० को उमेश राईले एक्कासी पेट्रोल छर्कीई आगो लगाई घाईते बनाई फरार रहेको भन्ने सूचना
प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय कास्की र मातहत प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिई गई निज घाईतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएकोमा थप उपचारको लागी ऐ.२८ गते ०२:४० बजे मणिपाल रिफर भएको र पुन: थप उपचारको
लागि ऐ.०९:०० बजे किर्तिपुर बर्न अस्पताल रिफर भएको, निजको उपचार भई रहेको ।
घटना सम्बन्धी थप अनुसन्धान गर्दै जाँदा पेट्रोल छर्किने व्यक्ति जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न.पा. वडा नं.१२ स्थायी घर भई जिल्ला कास्की पोखरा म.न.पा.१३ काँहुखोला बस्ने वर्ष ३१ को उमेश राईलाई जिल्ला कास्की मादी गाँउपालिका वडा नं. ५ सुनपदेँली स्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको र निजको साथबाट लाईटर-३ थान, बोत्तल- १ थान, मोवाईल- ३ थान र लाईसेन्स- १ थान समेत बरामद भएको । निजलाई सम्मानित कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा दिन (५) पाँच म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।