युवा व्यबसायी शाही ” शाह ” इलाम बाट उपनिर्वाचन मा लड्दै। नेपालको स्वच्छ पानीलाई विश्व बजार मा गुणस्तर र प्रतिस्प्रधात्मक बनाउने : अर्जुन बिक्रम शाही
शाही ग्रुप अफ इन्डस्ट्रिज संस्थापक एवं युवा व्यबसायी अर्जुन बिक्रम शाही इलाम क्षेत्र न १ बाट चुनाव लड्ने भएका छन्। पढाइ मा अब्बल र युवाहरुका लोकप्रिय व्यवसायी अर्जुन बिक्रम शाही इलाम क्षेत्र न १ सुवासचन्द्र नेम्वाङ (लिम्बु) को क्षेत्र बाट चुनाव लड्ने घोषणा गरेका छन्। आफुले युवाहरुको आवाजलाई संसदमा जोड तोड का साथ उठाउने र युवाहरुलाई देश प्रतिको गम्भीर जिम्मेवारीलाई स्मरण गराउंदै देशमै बस्ने बाताबरण सिर्जना गर्न सदन र सडक बाट जिम्मेबार निकायलाई ध्यानाकर्षण गराउने उहाँको भनाइ छ।
त्येसैले युवाहरुले उहाँलाई साथ् दिने उहाँको सचिवालय निकट एक जना व्यक्तिले बताउनु भयो। विज्ञान ,कानुन मा स्नातक र कुटनीतिमा स्नातकोत्तर गरेका शाहीले नेपाल मा भएका प्रभावशाली पावर सेन्टर मानिएका प्रधानमन्त्रीहरुको सल्लाहाकार भएर काम गरेको अनुभव पनि छ। शाही ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गत आइटी ,कृषि,पर्यटन ,मिडिया ,ट्रेडिंग कन्टक्सन मा उहाँको लगानी छ। नेपालको स्वच्छ पानीलाई विश्व बजार मा गुणस्तर र प्रतिस्प्रधात्मक बनाउनलाई काम गरिरहेको र छिट्टै लन्च हुने उहाँका आर्थिक सल्लाहाकार सन्तोष अर्याल ले बताउनु भयो। आइटी अन्तर्गत बार्षिक १० करोडको कारोबार गरेर ४० जना दक्ष लाइ रोजगार दिनु भएको पाइएको छ।
शाही ग्रुप अफ इन्डस्ट्रिज ले ग्रिन नेपाल अन्तर्गत सफा र स्वच्छ बाताबरण बनाउने भन्दै इ -सडक को परिकल्पना अन्तर्गत काम गरिरहेको छ। ६० प्रतिशत युवाहरु भएको देशमा युवाहरु अरुको भरमा नपरी हरेक क्षेत्रमा सबल बनि रास्ट्रलाइ योगदान गर्नु पर्ने उहाँको भनाइ छ। आंफुले चुनाव जिते सरकारको तलव भत्ता नलिने र शिक्षा ,स्वास्थ्य लाइ निशुल्क बनाउन आंफुले संसद मा आवाज उठाउने त्येस्तै युवाहरुको लागि स्पेशल प्याकेज सहितका कार्यक्रमहरु ल्याउन पहल गर्ने उहाँको भनाइ छ।
आंफुले प्रतिनिधित्व गर्न पाए आफ्नो क्षमता , दक्षता रास्ट्र र जनताको लागि समर्प्रित गर्ने उहाँको भनाइ छ। त्येसमा सम्पुर्ण नेपालि दाजु भाइ तथा ददीबहिनी आमा बुबा सबैलाई साथ् र सहयोग गरिदिन हुन अपिल समेत गर्नु भएको छ। आंफुले ३ महिना देखि इलाममा डाटा सबै गर्दा अधिकांश व्यक्तिहरु आफ्नो पक्षमा रहेको उहाँको भनाइ छ। युवाहरुलाई सबैले साथ् दिने भन्दै इलाम बासीले आँफुलाई निर्बाचित गराएर पठाउने उहाँको विश्वास छ।