युवा व्यवसायी केसी दम्पतीले शुरु गरे व्यूटी स्टुडियो
लेखनाथ भदौ २७
पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसका युवा व्यवसायी ज्ञानदिप के.सी र छायाँ कार्की के.सीले विहिबारदेखी सुविधा सम्पन्न प्रतिविम्ब सलोन एण्ड व्यूटी स्टुडियो संचालनमा ल्याएका छन् ।
व्यवसायी दम्पतीद्धयले झण्डै ६० लाखको लागतमा पोखरा ३० गगनगौंडा पावरहाउसमा व्यूटी स्टुडियो संचालनमा ल्याएका हुन् । छाँयाले ८ महिनाको एडभान्स कोर्ष गरेपछि सुविधासम्पन्न सलोन एण्ड व्यूटी स्टुडियो संचालन गरेकी हुन ।
स्टुडियोमा हेयर स्पा, पेडी क्यअर, मेनिक्यूअर, फेसियल, वेहुलीको श्रृगांर, नेल आर्टस् लगायतका सेवा उपलब्ध रहेको संचालक ज्ञानदिप के.सीले जानकारी दिए । महिला तथा पुरुषका लागि आधुनिक हेयर कटिङको सेवा रहेको उनले जानकारी दिए । साथै स्टुडियोमा व्यूटिसियन सम्वन्धी विभिन्न कोर्षमा तालिम समेत प्रदान गरिने के.सीले बताए । स्टुडियोमा भातरको गोवामा ८ बर्ष देखी हेयर डिजाइनरको काम गर्दै आएका एक सहित ६ जना दक्ष जनशक्ति रहेका छन् । साविक लेखनाथ र रुपा तथा तनहुँको पश्चिम क्षेत्रका ग्राहकहरुलाई लक्षित गरी सेवा शुरु गरिएको संचालक छाँया कार्कीले बताईन ।