Monday Dec 23, 2024
We Are Connecting The World By Real News

लागू औषध विक्री बितरण गरेको कसूरमा दिया फार्मेसीका संचालक डा. ढाका कुमार श्रेष्ठ पक्राउ

मिति २०८१।०४।०३ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्क स्थितबाट जिल्ला रोल्पा त्रिवेणी गा.पा. वडा नं. ७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ४ नालामुख बस्ने वर्ष ४२ को प्रकाश थापा मगरलाई लागू औषध TRUPAIN (Tapentadol) नाम भएको ट्याव्लेट ९७ चक्की सहित पक्राउ गरी लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान भई रहेकोमा निज प्रकाश थापा मगरले उक्त लागू औषध जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ पृथ्वीचोक स्थित रहेको दिया फार्मेसीबाट खरिद गरी ल्याएको भन्ने व्यहोराको बयान गरेकोले सम्मानित कास्की जिल्ला अदालतबाट कानून वमोजिम पक्राउ अनुमति जारी भई उक्त दिया फार्मेसीका एकल संचालक जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २४ बस्ने
वर्ष ४८ का ढाका कुमार श्रेष्ठलाई मिति २०८१/०५/२७ गते नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

नि.सूचना अधिकारी
प्र.नि. अविनाश दिप
जि.सी.
जिल्ला प्रहरी कार्यालय,
कास्की

Facebook Comments