लान्द्रुक मा २२ गतेदेखि २४ गतेसम्म भीर मौरीको मह काड्ने हनी हन्टीङ महोत्सव हुने
लान्द्रुक मा २२ गतेदेखि २४ गतेसम्म भीर मौरीको मह काड्ने हनी हन्टीङ महोत्सव हुने मुख्य उद्देश्य तथा कार्यक्रमहरू अन्तर्गत
हनी हन्टिङको ऐतिहासिक र सांस्कृतिक महत्वको बारेमा जानकारी गर्ने ,जङ्गली महको संरक्षण र हनी हन्टिङ अभ्यासका उपायहरूका बारेमा विचार विमर्श गर्ने,
यस परम्परागत अभ्यासको भविष्य र यससँग सम्बन्धित सामाजिक र पर्यावरणीय चुनौतीहरूको समाधान खोज्ने ,मह भिरमा गएर मह काढ्ने एवम् मह उत्खन्न गरी प्रदशन गर्ने र बेच्ने ,विविध साँस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने , मह भिरमा काम गर्ने भिरैटेहरुलाई ज्याला तथा सम्मान गर्ने ,लोक बाजाहरुलाई प्रर्दशन गरी मनोरञ्जन गर्ने ,साबिक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता संचालन गर्ने ।
प्रवर्द्धक मा अन्नपूर्ण गाउँपालिका, कास्की,
सहयोगी अन्नपूर्ण गाउँपालिका वडा नं.-७, कास्की ,
आयोजक लान्दुक हनी हन्टिङ महोत्सव आयोजक समिति अन्नपूर्ण गा.पा.-७, लान्द्रुक, कास्की रहने भएको पत्रकार भेटघाट कार्यक्रम मा बिग्यप्ती मार्फत जानकारी गराइएको छ।