वडा १७ मा ,उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न दुध को पोका बनाएर बेच्न पाइदैन: निर्देशक इश्वरी प्रसाद रेग्मी
पर्यटन ,उद्योग ,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश को आयोजना मा र पोखरामहनागरापालिका वडा न १७ को कार्यालय कास्की को समन्वय मा आज पोखरा को सुर्योदय इभेन्ट सेन्टर ,बिरौटा मा पर्यटन ,उद्योग ,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश का निर्देशक इश्वरी प्रसाद रेग्मीज्यु को अध्यक्ष्यता मा आ व २०८० /८१ को बार्षिक स्वीकृत कार्यक्रम उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम मा प्रमुख अतिथि पोखरामहनागरापालिका वडा न १७ को कार्यालय कास्की का अध्यक्ष श्री राधिका कुमारी शाही योगी र अन्य उपस्थितीहरुमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा का निमित्त प्रमुख शिवजी बराल ,नगेन्द्र पौडेल ,सुशील सुवेदी र कार्यक्रम संचालन पर्यटन ,उद्योग ,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश मा कार्यरत बिष्णु पोख्रेल ले गर्नु भएको थियो। कार्यक्रम का अध्यक्ष श्री राधिका कुमारी शाही योगी ले स्वस्थकर खानेकुरा खान सबैले पाउनु पर्छ , बिशेष गरि खाधान्न स्वछ हुनु जरुरि छ ,
आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु पुन आउनुपर्ने बताउनु भएको थियो। निर्देशक इश्वरी प्रसाद रेग्मीज्यु ले हामि उपभोक्ता , खानेकुराको पनि हामि उपभोक्ता हौँ , आज हामि पनि यो संस्थाको उपभोक्ता हौँ बेच्ने मान्छेले पनि खाध्य स्वच्छतालाइ ध्यान दिनु पर्छ ,दुध को पोका बनाएर बेच्न पाइदैन , उपभोक्ताको अधिकार मल्ल कालिन काल बाट शुरु भयको हो। नेपालको संविधान २०७२ को धारा ४४ मा उपभोक्ता हक अधिकार दिएको छ। कुनै पनि वस्तुको बढी भ्रामक प्रचार प्रसार गर्न पाइदैन , खाध बस्तुमा लेबल लगाउने ,गुणस्तर उत्पादन गर्ने उत्पादक को काम हो, सामान बेच्नेले भेदभाव नगरिकन बेच्ने गर्नु पर्दछ ,
सर्वसाधरण ले देख्ने गरि सामान बेच्ने गर्नु पर्दछ। सामान किनेपछि बिल लिने दिने बानि गर्नु पर्दछ। हामीले बजार मा गएर मिति सकिएको बस्तु कहाँ नेर छ ,भनि सोध्न सक्नुपर्ने हुन्छ। यस्ता जानकारीहरु हामीले समाज मा दिलाउन सकियो भने सबै सचेत र सजक बन्ने छन् भनि कार्यक्रम मा निर्देशक रेग्मी ले बताउनु भएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखरा का निमित्त प्रमुख शिवजी बराल ले जस्ले बस्तु उत्पादन गर्ने गर्छ उहाँहरुले लाइसेन्स लिनु पर्छ, बिक्रेताले पर्दैन ,घुमिफिरी सामान बेच्ने को अनुज्ञापत्र नगरपालिका र गाउँपालिका ले गर्ने हो तर त्यो भै नसकेको अबस्था छ ,खाध उधोग को सिफारिस को लागि सबै भन्दा पहिला वडाको सिफारिस चाहिन्छ ,अनि घरेलु मा गइ फोटोकपी र उत्पादन को नमुना हाम्रो अफिस आउने हो र
त्यो नमुनाको आधार मा हामीले लाइसेन्स दिने हो , धेरै जसो उधोगपतिहारुले आफ्नो उधोग को लाइसेन्स घर मै राख्ने गरेका छन , तर त्यो नगरी उधोग भित्रै राख्ने गर्नु पर्दछ , प्रयोग गरेको तेल करिब दुइ घण्टा पछि चिसो भएर फेरी प्रयोग गर्न मिल्दैन ,माछा मासु पकाउँदा ७५ डिग्री र सागपात पकाउँदा ६५ डिग्री को तापक्रम मा पकाउनु पर्ने हुन्छ ,, फ्रिज मा सामान राख्दा पाकेको र नपाकेको एकै ठाऊँमा राख्न मिल्दैन ,
सकेसम्म सागपात ,फ़लफ़ुलाइ धारमा नै पखाल्नु उचित हुन्छ , भनि कार्यक्रम मा बताउनु भएको थियो। कार्यक्रम को बारे माछापुछ्रे टोल निवासी हर्क वहादुर रेग्मीले हामीले मार्केट गर्न जाँदा हामीले कस्तो बस्तु किन्नु पर्दछ , त्यो महसुस आँफुलाई भएको ,बिल लिनुपर्ने रहेछ भन्ने कुरा पनि बुझ्यौं, मलहरु बाँढदा लुकी लुकी गर्न नहुने त्येस्तै गरेर चिनिहरु बाँढदा पनि लुकी लुकी गर्न नहुने , कसैलाई पनि हानि नोक्सानी गर्न नहुने र यो कार्यक्रम ले हामि सबैको चेतनाको
आँखा खोलेको भनि बताउनु भएको थियो। त्येस्तै गरेर टोल निवासी सुमित्रा शर्मा ले जब बच्चा जन्मन्छ त्येहाँ बाट उ उपभोक्ता बन्छ ,आमाको स्वास्थ्य राम्रो छ भने बच्चाको पनि राम्रो हुन्छ ,हामीहरुको जीवन संग जोडीएको खाधान्न नै हो ,पर्यटन ,उद्योग ,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भनेको नितान्त खाध मा निगरानी गरिरहने संस्था हो ,पहिला हामि सचेत भयौं भने पक्कै पनि अरुलाई सचेत गराउन सकिन्छ ,हामीले ले राज्यलाई कर तिरेका छौं तर हामीले सम्मान पाएका छैनौं , कोहि कसैले कर तिर्दै नतिरी पनि व्यबसाय चालाइरहेका छन् , त्यो पनि त अनुगमन गर्न जरुरि छ नि त ? हामि महिलादिदिबहिनिहरु भनेका धेरै मात्रामा खाधान्न संग जोडिएका हुन्छौं , यस्ता कार्यक्रम सबै टोल टोल मा राख्नु जरुरि छ भनि बताउनु भएको थियो।
कार्यम संचालिका वा पर्यटन ,उद्योग ,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश मा कार्यरत बिष्णु पोख्रेल ले सामान किन्नेलाई हाम्रो संविधान ले अधिकार दिएको छ ,यदि हाम्रो अधिकार हनन भयो भने कानुनि उपचार पनि छ ,यस वडा न १७ का सम्पुर्ण महिलादिदिबहिनिहरु र टोल का प्रतिनिधि ज्यु हरुले आज जे कुरा को चेतना पाउनु भयो , त्येसलाई टिकटक ,फेसबुक मार्फत पनि आजको कार्यक्रम को संदेश फैलाउन सक्नुहुनेछ , जस्ले गर्दा दोब्बर तेब्बर चेतना जाग्न सक्छ , हामीले बजार मा सामानहरु किन्न जाँदा म्याद गुज्रेका फेला पारेओं भने हामीले सामान बेच्नेहरुलाई छुट्टै राख्नुहोला पनि भन्नुपर्ने हुन्छ , खाधान्न को स्वच्छता को बारे मा यहाँ रहनु भएका सम्पुर्ण आमा समूह ,टोलबिकास र महिलादिदिबहिनिहरु बाट आ आफ्नो स्थान बाट खबरदारी गर्न सक्यौं भने पक्कै पनि स्वच्छ खानेकुरा खान पाउने छौं भनि बताउनु भएको थियो।