Monday Dec 23, 2024
We Are Connecting The World By Real News

विदेशीहरुको भर पर्न भन्दा , हाम्रै स्रोत, साधन ले प्रदेशको तथ्यांक राम्रो बनाउन पनि सक्किन्छ:बासुदेव रेग्मी डाटा करेक्सन गर्ने भनेको पालिका नै हो , हाम्रो टार्गेट भनेकै पालिका हो ? :सचिव डा टंक प्रसाद प्रसाईं

कृषि बिकास निर्देशनालय, पोखराको आयोजनामा संचालित आ ब २०८०/२०८१ को बार्षिक स्वीकृति कार्यक्रम अनुसार तेस्रो त्रैमाशिक अबधिमा सम्पन्न गर्नुपर्ने प्रादेशिक कृषि तथ्यांक  गोष्ठी  अन्तर्गत को दोस्रो  दिन मा  निर्द्शानलएका महानिर्देशक श्री बासुदेव रेग्मी ज्यु को  अध्यक्ष्यता तथा कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश पोखरा का माननीय मन्त्रि महेन्द्रध्वज जी सी ज्यु को प्रमुख अतिथ्यमा कृषि विकास निर्देशनालय को सभाहल मालेपाटन मा  कार्यक्रम संचालन भएको थियो।

उपस्थितीहरुमा नीति योजना आयोग का माननीय सदस्य माननीय अन्चला चौधरी ,कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेश पोखरा का प्रदेश सचिव डा टंक प्रसाद प्रसाईं , राष्ट्रिय तथ्याङ्क कार्यालय , काठमाण्डा का उप प्रमुख  डा हेमराज रेग्मी, प्राकृतिक स्रोत ब्यबस्थापन कलेज कास्की का दुर्गा देवकोटा  लगायत अन्य कृषि ज्ञान केन्द्र का प्रतिनिधिहरु , गाउपालिका का प्रतिनिधिहरु सहभागी हुनु भएको थियो। आज दोस्रो दिन लाइ समापन गर्दै महानिर्देशक श्री बासुदेव रेग्मी ले  मा आगामी दिनमा कृषि तथ्यांक लाइ प्रभावकारी बनाउन सकिन्छ ?

सम्बन्धि सरोकारवालाहरुले फरक फरक ढंगबाट सुपरीवेक्षण भएको रहेछ , त्येसलाई हामीले गहन छलफल गर्यौं र   एकद्वार प्रणाली बाटै डाटाहरु संकलन गर्न सकियो भने र डाटा बैंक बनाएर गरेर जिम्मेबार गर्न सकियो भने राम्रो हुने बताउनु भएको थियो।संधै विदेशीहरुको भर पर्न भन्दा , हाम्रो आफ्नै मौलिकता , हाम्रै स्रोत साधन ले प्रदेश तथ्यांक राम्रो बनाउन पनि सक्किन्छ भनि कार्यक्रम बताउनु भएको थियो। प्राकृतिक स्रोत ब्यबस्थापन कलेज कास्की का दुर्गा देवकोटा ले मेरिट मा नपर्ने विधार्थी भाइवहिनीहरुलाई हामीले ब्यब्स्ठापन गर्न वडा मा हुन्छ कि ज्ञानकेन्द्र मा हुन्छ कि , ५ ,६ महिना को अबधिमा सर्भे को पाटोमा मा पनि सहयोग गर्न लगाउन सक्छौं ।

ज्ञान केन्द्र मा के के समस्या छ , त्यो पहिचान ज्ञान केन्द्र प्रमुख वा प्रतिनिधिले  ले गरेर , गण्डकी प्रदेश भित्र नै ति विधार्थीहरुलाई अलिकति पारिश्रमिक दिएर  हामीले खटाउन सक्छौ , ज्ञान केन्द्र मा समस्या पहिचान भएमा मेरिट मा नपरेका विधार्थी भाइवहिनीहरुलाई पनि महिना को रु ५,६ हजार गुजार चलाउन दियो भने ,  त्यो टपिक मा हामिले उहाँहरुलाई   काम मा लगाउन सक्छौ भनि बताउनु भयको थियो।

गण्डकी प्रदेश पोखरा का प्रदेश सचिव डा टंक प्रसाद प्रसाईं ले हामीले कामहरु धेरै गरेका छौं  विविध कारण ले गर्दा तथ्यांक हरु हामीले ब्यबस्थित गर्न सकिएको छैन , मन्त्रालयको तथ्यांक , संघ को लेभल मा , प्रादेशिक तथ्यांक , तथ्यांक विभागले तयार गरेको डाटा  , नेपाल बैंक को डाटा  तेती मात्रै होइन हाम्रै मातहात का कार्यालय बाट निकालिएको डाटा मा फरक देखियो ,

र त्यो नहोस भन्नका लागि त्येसलाई एकरुपताका साथ् डाटा यौटै बनाउन प्रयाश गर्ने पर्छ ,डाटा करेक्सन गर्ने भनेको पालिका नै हो , हाम्रो टार्गेट भनेकै पालिका हो ? पालिकाको डाटा ठिंक हुने बित्तिकै समग्ररुपमा डाटाहरु अपडेट भएर आउँछ , भनि बताउनु भएको थियो।

 

Facebook Comments