Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

सक्किगो नि’ टिमको फिल्म ‘लाज शरणम्’मा जोडिए महेश त्रिपाठी

टेलिभिजन सिरियल ‘सक्किगो नि’ समूहले निमार्ण गर्न लागेको कथानक फिल्म ‘लाज शरणम्’मा कलाकार महेश त्रिपाठी जोडीएका छन् ।फिल्मको यतिबेला कार्यशाला चलिरहेको छ । जेठ १५ छेकोदेखि छायांकन सुरु हुने फिल्मका कलाकार यतिबेला पात्र निर्माणको गृहकार्यमा छन् ।निर्माताले आधिकारिकरुपमा केही नबताएपनि फिल्मको कास्टिङलाई लिएर महत्वपूर्ण विकास भएको छ । यो कमेडी–सोसल ड्रामामा सागर लम्साल ‘बले’ र दीपक आचार्य ‘काकु’ कलाकार हुने र कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गर्ने खबर यसअघि नै सार्वजनिक भइसकेको छ ।निर्माताले अधिकारिक घोषणा नहुञ्जेलसम्म सूचनालाई बाहिर आउन नदिन निकै प्रयास गरिरहेका छन् । यद्यपि, यो फिल्मको कास्टिङ रोचक हुने पक्का छ । स्रोतका अनुसार यो फिल्ममा हल्कार फेम महेश त्रिपाठी पनि जोडीएका छन् । त्रिपाठीको केही महिना अगाडी धरानमा सुटीङ भएको अर्को कमेडी जन्द्राको फिल्म खजुरे व्रो आगामी वैशाख २८ गतेदेखि रिलिज हुदै छ । महेश त्रिपाठी सगै कलाकार रेणु योगी र प्रशान्त ताम्राकार पनि जोडिएका छन् । यी तीनजना कलाकार अहिले वर्कसपमा छन् ।यसबारे बलेलाई सोध्दा उनले आफू मौन रहने बताए । अहिले पुरानो बानेश्वरमा यो फिल्मको वर्कसप चलिरहेको छ । सुदीप बरालले छायांकन गर्ने यो फिल्मको छायांकन कर्णाली प्रदेशमा हुने तयारीमा छ ।


यस अध्घि वसन्त पञ्चमीको अवसर पारेर सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरिएको थियो । चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन ।९पाँडे० र कुमार कट्टेल ९जिग्री० सक्किगोनीको निर्देशन गर्दै आएका छन् ।फिल्ममा सक्किगोनीका थुप्रै कलाकारहरूलाई देख्न सकिने छ अनुमान गरीएको छ ।
निर्माताले चाँडै पत्रकार सम्मेलनमार्फत यसबारे आधिकारिक घोषणा गर्ने तयारी गरिरहेका छन् । जेपीटी क्रिएसनको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्मm अहिले मुलक र नागरीकले भोग्नु परेको यथार्थ समस्यालाई चित्रण गर्ने बताइएको छ ।

Facebook Comments