साना तथा मझौला व्यवसायी महासंघ नेपाल को २० औं साधरण सभा तथा विशेष अधिवेशन सम्पन्न भएको छ
साना तथा मझौला व्यवसायी महासंघ नेपाल को २० औं साधरण सभा तथा विशेष अधिवेशन , आज कृसटल महल पार्टी प्यालेस लेकसाइड मा सम्पन्न भएको छ। साधरण सभा तथा विशेष अधिवेशन को सभाको सभापति केन्द्रिय अध्यक्ष श्री हरि भक्त पराजुली , प्रमुख अतिथी उधोग बाणिज्य संघका पुर्व अध्यक्ष श्री आनन्द राज मुल्मी , महिला सभापति यसोदा दाहाल ,महासंघका महा सचीव कुमार भुजेल ,पर्यटन व्यबसायी महिला संघ टेवाका अध्यक्ष लक्की कार्की , लेखनाथ उधोग बाणिज्य संघ का बरिस्ठ उपाध्यक्ष श्री राजेन्द्र ओझा लगायत जिल्लाहरु बाट आउनु भएका प्रतिनिधि ज्यु हरु सभा मा सहभागी रहनु भएको थियो ।
कार्यक्रम संचालन सुदिप ढुंगाना ले गर्नु भएको थियो ।वि स. २०६० सालमा स्थापन भएको यो महासंघ को उद्देश्य भनेको व्यबसायलाइ ससक्त बनायर अघि बढाउने नै हो। ५ लाख देखि, करिब २५ करोड सम्म लगानी गर्नेहरु यो महासङ मा आवद्ध रहनु भएको छ। व्यबसायी नारायण प्रसाद पौडेल ले समयको गति अनुसार लानु पर्छ तर बकबास गर्नेहरुले यस्लाइ गति दिइरहेको छैनन। धेरै घुम्तीहरु हामीले तोडदै हामी व्यबसायिहरु यहाँ आइपुगिसकेका छौं , यो संस्था को आधिकारिक भनेकै हामी हौं ,
आजभोलि जस्को उधोग छैन उस्ले नक्कली दर्ता देखाएर काम गरिरहेको देखिन्छ ।तर त्यो भ्रम हो, भ्रम को खेतिमा हामी साना व्यबसायिहरु लाग्नु हुँदैन । यो व्यबसायलाइ फक्रन र फुलाउन एक ढिक्का भएर जानू जरुरी रहेको साना तथा मझौला व्यवसायी महासंघ नेपाल का वस्तुगत उपाध्यक्ष श्री नारायण प्रसाद पौडेल ले बताउनु भएको छ।कार्यक्रम को प्रमुख अतिथी रहनु भएका आनन्द राज मुल्ली ले जुन सुकै मुलुकको अर्थतन्त्र धान्ने भनेको यहि साना तथा मझौला व्यवसायी नै हो। हाम्रो व्यबसाय सफल बनाउन हाम्रै हातमा भर छ। नेपाल मा करिब ६२/६३ प्रतिशत साना तथा मझौला व्यबसाय ले ओगटेको छ।
उधोग बाणिज्य संघ ले यो साना तथा मझौला ब्यसायलाइ बढवा दिनको लागि हामी सधैं तत्पर रहेका छौं । अरु मुलुक बाट कच्चा पदार्थ ल्याउने अनि बनाउने भन्दा, र हाम्रो मुलुक को कच्चा पदार्थ बाहिर पठाउने अनि अर्को सामान ल्याएर नयाँ बस्तु बनाउने परम्परा हटाइ , आफ्नै देश को कच्चा पदार्थ बाट बस्तुहरु उत्पादन गर्नु जरुरी रहेको बताउनु भएकोे थियोे ।
व्यबासायी माया बराल ले व्यबसाय भनेको सफलता हो, दुर्गम को मान्छेलाइ सुगम बनाउने नै यो व्यबसाय हो । व्यबसाय ताजा हुनुपर्दछ , यो व्यबसायमा विवाद छ तर त्यस लाई हामिले टेन्सन लिनुहुदैन , व्यबसायलाइ सांचिकै नमुना बनाएर लैजानु पर्दछ , हाम्रो ब्यबसाय भनेको शालिग्राम हो , शालिग्राम लाई हामीले पुज्न जान्नु जरुरी छ भनी बताउनु भएको छ।