सुर्य दर्शन वचत तथा ऋण सहकारी संस्था लि. ठगी कसूरका प्रतिवादीलाई सम्मानित अदालतबाट दिन ५ पाँच म्याद थप गरिएको
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.४ नालाकोमुख स्थित संचालनमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रा.लि. (Galaxy 4K TV) मा लगानी गरी सहकारी ऐनले परिभाषित ठगी सम्बन्धी कसूरमा संलग्न रहेका गोर्खा मिडिया नेटवर्क प्रा.लि.का संस्थापक/ सेयर होल्डर तथा संचालक जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका वडा नं. १ नक्साल घर भएका वर्ष ५९ का छविलाल जोशी भागी बिदेश जान लागेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०८१।०६।०६ गते यस कार्यालयको अनुरोधमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौबाट खटिएको प्रहरी टोलीले ऐ. वडा नं. १० शंखमुल स्थितबाट पक्राउ गरी यस कार्यालयमा ल्याईएकोमा आज मिति २०८१।०६।०७ गते सम्मानित अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको
।
सूचना अधिकारी
प्र.ना.उ. बसन्त कुमार शर्मा
जिल्ला प्रहरी कार्यालय, कास्की