Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

हेमजा भेट्रान्स कप उपाधिका लागि भोली पोखरा १२ र १३ भिड्दै

बिहिवार भएको सेमिफार्ईनलको पहिलो  खेलमा पोखरा १२ ले १० लाई ७–० को गोल अन्तरले पराजित गर्दे फाईनल प्रवेश  गरेको हो । पोखरा १२ का नितिस श्रेष्ठले खोलको ६,४९,र ५५ औं मिनेटमा  ३ गोल गर्दै ह्याट्रिक गरे । साथै २६ औ मिनेटम सचितजगं थापाले १ गोल, ३५औं मिनेटमा सुरज श्रेष्ठले १ गोल, ५०औं मिनेटम सन्तोष कार्कीले थप १ गोल र अन्तिम ६९ औं मिनेटमा तिर्थराज आचार्यले १ गोल गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच पोखरा १२ का नितिस श्रेष्ठ घोषित भए ।

सोहि दिन भएको दोस्रो सेमिफाईनल खेलमा पोखरा १३ ले १७ लाई  ३–१ गोल अन्तरले  पराजित गर्दे फाईनल प्रवेश गरेको हो । सो खेलमा पोखरा १३ का राजकुमार गुरुङले खेलको १६ औं मिनेटमा पहिलो गोल गरे । नरेन्द्रजगं गुरुङले २८ औं र  ४७ औं मिनेटमा गरि थप २ गोल गरेका थिए । पोखरा १७ का बेद बहादुर थापाले खेलको ६७ औं मिनेटमा १ गोल गर्न सफल भएका थिए ।  उक्त खेलको म्यान अफ दि म्याच पोखरा १३ का नरेन्द्रजगं गुरुङ घोषित भए ।

यस संगै भोलि शुक्रवार हेमजा भेट्रान्स कप उपाधिका लागि पोखरा १२ र १३ भिडने छन् । भोलिको फाईनल खेल संगै समापन समारोह महानगरपालिका नगर प्रमुख धनराज आचार्य ज्यूको प्रमुख अथित्यतामा सु–सम्पन्न हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ११ हजार ११ र द्धितिय हुने टीमले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु ५,००० र सर्वाधिक गोलकर्ता,गोलरक्षक,डिफेन्डर,मिडफिलड,फरवार्ड लाई प्रत्यक विधामा नगद रु २०००– साथमा ट्रफी प्रदान गरिने छ  ।

हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरपालिकाको संरक्षणमा पोखरा–२५ हेमजा, गौरीशंकर खेलमैदानमा असार १ गते देखि जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१को भोलि ७ गते सम्पन्न हनेछ  ।
Facebook Comments