११ देशका ३७५ जना भन्दा बढी कलाकारहरुले पोखरा मा लोक सांस्कृतिक नाचगान देखाउने भएका छन्। १२ औँ अंतर्राष्ट्रीय” लोक सांस्कृतिक मेला २०८० तयारि मा पोखरा।
आज लक्षमण रेस्टुरेन्ट एन्ड बार लेकसाइड पोखरा मा नेपाल उधोग बाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष्य श्री सुर्य बहादुर भुजेल ज्यु को अध्यक्ष्यतामा १२ औँ अंतर्राष्ट्रीय” लोक सांस्कृतिक मेला २०८० को पत्रकार सम्मेलन भएको थियो। उक्त सम्मेलन मा मूल आयोजक समिति तथा संस्थापक अध्यक्ष श्री संजीव बहादुर कोइराला ,उपाध्यक्ष मा श्री सुर्य बहादुर भुजेल ,कार्यसमिति सदस्यहरु मा हरिकुमार श्रेष्ठ , रामकाली खड्का ,सीता देवी सुवेदी र झलक लाल श्रेष्ठ उपस्थिति रहनु भएको थियो।
गण्डकी प्रदेशको समग्र आर्थिक ,सामाजिक ,सांस्कृतिक प्रवदन र सम्बर्दन को लागि नेपाल उधोग वाणिज्य महासंघ गण्डकी प्रदेश र एभरेष्ट नेपाल सांस्कृतिक समुहको संयुक्त आयोजनामा फागुन २३ गते बुधबार आन्तरिक तथा बाहय पर्यटनको पहिलो रोजाइको गन्तव्य स्थल गण्डकी प्रदेशको राजधानी कास्की जिल्लाको पोखराको बाराहीघाट, लेकसाइड मा १२ औँ अंतर्राष्ट्रीय” लोक सांस्कृतिक मेला २०८० हुने भएको छ। नेपाल उधोग वाणिज्य महासंघ गण्डकी प्रदेश ले यस अघि नौं अंतर्राष्ट्रीय” लोक सांस्कृतिक मेला २०७४ सालमा सफलता पुर्वक सम्पन्न गरेको प्रेस विज्ञप्ति मार्फत संस्थापक अध्यक्ष श्री संजीव बहादुर कोइराला ले कार्यकम मा बताउनु भएको थियो। उक्त मेलाको समुद्घाटन ३.३० बजे गण्डकी प्रदेश का माननीय मुख्य मन्त्रि श्री सुरेन्द्र राज पाण्डे ले गर्नुहुने भएको छ।
उक्त मेला ,मा ११ देशका ३७५ जना भन्दा बढी कलाकारहरु को सहभागिता रहने श्री संजीव बहादुर कोइराला ले कार्यक्रम मा बताउनु भएको थियो। उक्त कार्यक्रम मा राष्ट्रिय लोक तथा दोहोरि प्रतिष्ठानका पुर्व अध्यक्ष तथा संरक्षक प्राज्ञ प्रजापति पराजुली को नेतृत्वमा लोक तथा दोहोरि कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रम मा बताउनु भएको थियो।
नेपाल उधॊग वाणिज्य महासंघ काठमान्डौ , नेपाल सरकार , गण्डकी प्रदेश सरकार , पर्यटन बोर्ड , पोखरा महानगरपालिका , गण्डकी प्रदेश अन्तर्गत का २१ वटा जिल्लाहरु ,नगर उधोग बाणिज्य संघ , पोखरा पर्यटन परिषद लगाएत पर्यटन संग आबद्द सबै व्यवसायी संघ संस्थाहरुको सहयोग र समन्वय रहेको उक्त सम्मेलनका मूल आयोजक समिति तथा संस्थापक अध्यक्ष श्री संजीव बहादुर कोइरालाले प्रेस विज्ञप्ति मार्फत जानकारी गाराउनु भएको थियो। २०८० फागुन १९ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँ मा ,
मेला भैसकेको र फागुन २५ गते बसन्तपुर दरबार क्षेत्र काठमाडौँ मा र फागुन २६ गते लालीगुराँस नेसनल एकेडेमी मनमैजु काठमाडौँ मा पनि हुनेभएको प्रेस विज्ञप्ति मार्फत उहाँले जानकारी गराउनु भएको थियो। यो मेला मा ९५ प्रतिशत नाचगान मात्र हुने जानकारी गराउनु भएको थियो। मेला मा नेपाल लगाएत , भारत ,इन्डोनेसिया ,मलेसिया ,पोल्याण्ड ,अस्टेलिया ,बेल्जियम बोत्सवाना ,स्टोनिया,जर्मनी र साउथ अफ्रिका देशको लोक संस्कृति हेर्न पाइने भएको मूल आयोजक समिति तथा संस्थापक अध्यक्ष श्री संजीव बहादुर कोइरालाले बताउनु भएको थियो।