Monday Dec 23, 2024
We Are Connecting The World By Real News

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव चैत्र २५ गते देखि बैशाख ५ गते सम्म करिब ८० टन बराबरीको आलुको पहाड बनाइने :महासचिव बसन्त कुमार श्रेष्ठ

विष्णु पादुका क्लव को आयोजना मा आज  १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव २०८०   को पत्रकार सम्मेलन भएको थियो। व्यवसायिक कृषिका लागि प्रचुर सम्भावना र गण्डकी कै कृषि राजधानीको रुपमा सुन्दर हेमजा मा १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव चैत्र २५ गते देखि बैशाख ५ गते सम्म  हुने भएको छ। महोत्सब को उद्दघाटन पोखरा महानगरपालिका का मेयर धनराज आचार्य ज्यु ले गर्नुहुने भएको छ।   आलु ,काउली ,गोलभेंडा ,च्याउ ,धान ,बन्दा हेमजा मा उत्पादन हुने कृषि उपजहरु हुन्।  विष्णु पादुका क्लव का महासचिव बसन्त कुमार श्रेष्ठ ले यसपाली १३० वटा स्टलहरु मध्य १०० वटा व्यापारी र ३० वटा कृषि स्टल हुने र २ वटा स्टलहरुमा आलुका परिकारहरु बनाइ देखाइने ,

सिकाइने र स्टल बाट आलु खरिद गर्नेहरुलाई प्रतिकिलो  रु ३८ देखि रु ४०को  बिचमा पर्ने बताउनु भएको थियो।  ,    महासचिव बसन्त कुमार श्रेष्ठ ले महोत्सब मा किसान दाजुभाइ दिदिबहिनिहरुका लागि ५० प्रतिशत छुट मा कृषिचुन उपलब्ध गराइने  व्यबस्था भए को र    यसपाली ८० टनको आलु जम्मा गरि आलुको  पहाड बनाउने बताउनु भएको थियो। कार्यक्रम मा सुरक्षा का लागि  इन्सुरेन्स को व्यबस्था , गरियको र

 

रत्यौली प्रतियोगिता कार्यक्रम , कृषि झाँकी कार्यक्रम हुने भएको जानकारी पनि गाराउनु भएको थियो। १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव  मा ४२ वटा आमा समूह जोडिने भएका छन्। मेला मा लाइभ लोक दोहोरि , बाल उदधान , चर्चित  कलाकारहरुको बेजोड प्रस्तुति र  अन्य     मनोरंजन कार्यक्रम पनि हुने भयको महासचिब बसन्त कुमार श्रेष्ठ ले पत्रकार कार्यक्रम मा बताउनु भएको थियो।

 

कार्यक्रम मा पोखरामहानगरपालिका का  आर्थिक विकास महाशाखा मनहर कडरिया ले हेम्जाको आलु व्यापक पनि भएको छ , उपभोक्ताहरुले आर्गानिक  खान खोजिरेका छन , यसपालिको आलु विषादी कम भएको छ।   पृथ्वीचोक बाट उठाएको आलुको मूल्य संग , हेम्जाको आलु संग तुलना गर्न नखोज्नु होला भनि कार्यक्रम मा बताउनु भएको थियो।कृषि ज्ञान केन्द्र,

कास्की का कार्यालय प्रमुख किरण सिग्देल ले आलु भनेको तरकारीको राजा हो , यो मेला ले करिब १६ वटा व्यावसायिक कृषि क्षेत्रलाई समेट्ने छ भनि कार्यक्रम मा बताउनु भएको थियो। अन्तमा १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव २०८०   का संयोजक विजन श्रेष्ठ ले मेलामा आउने विधार्थी भाइबहिनिहरुलाइ आफ्नो परिचयपत्र को आधारमा रु ५० , अन्य का लागि रु ८० र परिचयपत्रको आधार मा कृषक दाजुभाइदिदिबहिनिहरुलाई निशुल्क प्रवेश गरिएको जानकारी समेत गराउनु भएको थियो।

Facebook Comments