१९ औँ असारे रोपाईं महोत्सव को रौनक :पोखरा मा
पोखराको “पर्यटन सवै मौसम का लागि”(Pokhara For All Season) भन्ने मूल नाराको साथ् १९ औँ असारे रोपाईं महोत्सव -२०८१ को पत्रकार सम्मेलन सम्पन भएको छ। आयोजक पोखरा पर्यटन परिषद तथा स्थानीय आयोजकको रूपमा पोखरा महानगरपालिका वार्ड नं २३ मार्गी.बगर टोल विकाश संस्था रहने भएको छ ।
पोखरा पर्यटन परिषदले पोखरा वरिपरि भएका खेती योग्य जमिनलाई संरक्षण गर्दै लैजाने, कृषकलाई आफ्नो पेशा प्रति उत्प्रेरित गर्नका साथै असार १५का दिन “हिलोमा एक पटक त टेक्नु पर्छ है” भन्ने भनाइलाई समेत जीवन्त तुल्याउने अभिप्रायले विगत १९ वर्ष देखि “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ “रोपाइँ महोत्सव” मनाउँदै आएको छ । कृषि बाली मध्ये धान मुख्य बाली संगै नेपालका अधिकांश जनताहरुका भान्छाको प्रमुख परिकार हो ।
त्यसमाथी जेठो बुढो धान पोखराको पहिचान वनेको छ । पोखरा पर्यटन परिषद्ले सुरुवात गरेको असारे रोपाइँ महोत्सवको आवश्यकता र औचित्य थप बढ्दैगएको छ। कार्यक्रम मा पोखरा पर्यटन परिषद् का अध्यक्ष पोम नारायण श्रेष्ठ ले यसपाली स्वदेशी तथा विदेशी गरि करिब दश हजार मानिसहरु सहभागी हुने अपेक्षा राख्नु भएको थियो। नयाँ पुस्तालाई चामल वोरामा होइन वारीमा फल्छ भन्ने सिकाई संगै मौलिक परम्परागत कृषि प्रणाली (Cultivation System )को जानकारी एवम् उत्पादन प्रत्यक्ष अवलोकन गराउने उद्देश्य का साथ महोत्सव गर्न लागिरहेको अध्यक्ष श्रेष्ठ ले जानकारी गराउनु भएको थियो। हल गोरुको दौड प्रतियोगिता,विभिन्न आमा समूहहरू बीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता ,हिलोमा दौड प्रतियोगिता , हिलोमा दौड प्रतियोगिता नेपाली महिला , हिलोमा दौड प्रतियोगिता विदेशी पुरुष ,हिलोमा दौड प्रतियोगिता विदेशी महिला ,हिलोमा दौड प्रतियोगिता पत्रकार , लगायत अन्य सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमहरु पनि रहेको विज्ञप्ति मार्फत जानकारी भएको छ। रोपाईं महोत्सव संयोजक मुल आयोजक समिति, तारानाथ पहारीले विज्ञप्ति मार्फत जानकारी गराउनु भयको थियो।