सुकु बि क को हत्यारा जिल्ला प्रहरी कार्यालय कास्की ले गर्यो सार्वजनिक
मिति २०८०।०८।०५ गते अं.१८:५० बजेको समयमा जिल्ला तनहुँ भिमाद घर भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गा स्थित रहेको शिला रेष्टुरेण्टमा काम गर्दै आएकी बर्ष ३२ की सुकु बि.क. युनिक होटलको कोठा नं.२०२ मा अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुना साथ वडा प्रहरी कार्यालय बैदाम कास्की तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्र.उ. समेतको अनुसन्धान टोली खटिई गएको ।प्रारम्भिक अनुसन्धान विवरण १. होटल युनिकको कोठा नं.२०२ मा सुकु बि.क. अचेत अवस्थामा फेला परेकी । २. तत्काल उपचारको लागि चरक मेमोरियल अस्पताल पोखरामा लैजाँदा चिकित्सकले मृत्यु घोषणा गरेको । ३. निज महिला ऐ. अं.१५:०० बजे साथीलाई भेटन जान्छु भनी शिला रेष्टुरेण्टबाट निस्की हिंडेकी । ४. ऐ.ऐ. स्थित युनिक होटलको कोठा नं.२०२ मा नामथर, वतन नखुलेको अं. वर्ष २९/३० को पुरुष व्यक्तिसंग आई बसेकी । ५. प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थल तथा लाशजाँच मुचुल्का र पोष्ट मार्टम रिपोर्टबाट समेत सुकु बि.क.को मृत्यु सामान्य तवरबाट नभई कसैले कर्तव्य गरी मारेको हुनसक्ने देखिएको र निजले लगाएको सुनको सिक्री र मोबाईल (आई फोन) समेत नभएको हुँदा आफन्त ईष्टमित्रमा खवर गरी सुकु बि.क. को दिदी मार्फत ज्यान सम्बन्धी कसूरमा जाहेरी दरखास्त लिई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको । थप अनुसन्धान विवरण घटना सम्बन्धमा अनुसन्धानको लागि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट संयुक्त रुपमा अनुसन्धान टोली गठन गरी फरार व्यक्तिको हुलिया, CDR, CCTV Footage, फोन लोकेसन लगायतको आधारमा अनुसन्धान प्रारम्भ गरिएको । १. मिति २०८०/०८/०५ गते अं. १४.३५ बजेको समयमा आर्यन मुलको जस्तो देखिने, The North Face लेखेको निलो रङको टोपी सहित ज्याकेट लगाएको ब्यक्तिले आफ्नो नाम राजन गुरुङ भनि होटल युनिकको कोठा नं. २०२ मा लिई गएको साथमा १ बोटल बियर, २ वटा जुस र गिलास समेत लगेको । सुकु बि.क.को हत्या पश्चात निजको साथमा रहेको I phone 13 pro max मोबाईलको खोजतलास गर्दा उक्त मोबाईल जिल्ला महोत्तरी बर्दीवास नगरपालिका वडा नं.७ घर भएका वर्ष २६ का राजेश बुढाथोकीको साथबाट केन्द्रियअनुसन्धान ब्यूरो काठमाण्डौको टोलीले फेला पारी अनुसन्धान गर्दा उक्त मोबाईल जिल्ला बाग्लुङ गल्कोट नगरपालिका वडा नं.९ स्थायी वतन भई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.७ घारीपाटन बस्ने वर्ष २९ को संजय बि.क.ले आफूलाई रु.४०,५००।– मा बिक्री गरेको भन्ने खुलाएको ।
३. बिभिन्न प्राबिधिक विश्लेषण तथा अनुसन्धान गर्दै जाँदा सुकु बि.क. लाई होटल युनिकको कोठा नं २०२ मा लिई जाने ब्यक्ति र राजेश बुढाथोकीलाई सुकु बि.क.को I phone बिक्री गर्ने ब्यक्ति संजय बि.क. रहेको एकिन हुन आई निजको डेरा कोठा खानतलासी लिँदा वारदातको समयमा संजय बि.क.ले लगाएको The North Face लेखेको निलो रङको ज्याकेट र POCO कम्पनीको मोबाईल बरामद भएको । क्रमश :… ४. संजय बि.क.को डेरा कोठाबाट बरामद भई आएको POCO मोबाईल अनुसन्धान गर्दा सुकु बि.क.को मोबाईल नं. स्क्रिनसट गरी राखिएको तस्वीर, सुकु बि.क.को I phone मोबाईल समाई फोटो खिचेको तस्वीर समेत फेला परेको । ५. सुकु बि.क.को मृत्युको कारण ligature strangulation with smothering भन्ने शव परिक्षण प्रतिवेदन प्राप्त भएको । ६. अनुसन्धानको क्रममा संकलन भएका तस्वीर, CCTV Footage मा देखिएका ब्यक्ति र होटल युनिकको कोठा नं.२०२ मा सुकु बि.क.लाई लिई गएका व्यक्ति संजय बि.क. रहेको भन्ने होटल संचालक/ देख्ने साथी/ आफन्तहरुले समेत सनाखत गरेको । क्रमश :… ७. अनुसन्धानको क्रममा संकलित कागजात, CCTV Footage, अन्य प्राबिधिक बिश्लेषण गर्दा सुकु बि.क.को घाटी थिची कर्तब्य गरी ज्यान लिने ब्यक्ति संजय बि.क. रहेको पुष्टी भएको हुदाँ जाहेरवालाबाट किटानी जाहेरी दरखास्त लिई संजय बि.क.को नाममा मिति २०८०/०९/०१ गत सम्मानित कास्की जिल्ला अदालतबाट पक्राउ अनुमती समेत लिई बिभिन्न स्थानमा पक्राउको लागि प्रहरी टोलि खटाईएको । ८. निज संजय बि.क. वारदात पश्चात जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ घारीपाटनमा रहेको डेरा कोठामा श्रीमती र छोरालाई छाडी आफू जिल्ला नवपलरासी (पुर्व) गैडाकोट नगरपालिका वडा नं.१२ हर्कपुर स्थितमा डेरा कोठा लिई लुकिछिपी कोही कसैको सम्पर्कमा नरही बसेको खुल्न आएको । अभियुक्त पक्राउ : मिति २०८१/०४/०२ गते बिहान ०५:३० बजेको समयमा जिल्ला नवपलरासी (पुर्व) गैडाकोट नगरपालिका वडा नं.१२ हर्कपुर स्थित निज संजय बि.क.को डेरा कोठाबाट ईलाका प्रहरी कार्यालय गैडाकोट नवलपरासी पुर्व समेतको सहयोगमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले पक्राउ गरी ल्याउन सफल भएको । पक्राउ व्यक्तिको विवरण :- नामथर : संजय बि.क. उमेर :२९ वर्ष ठेगाना : जिल्ला बाग्लुङ गल्कोट न.पा.९ मल्म घर भई जिल्ला कास्की पोखरा म.न.पा.७ घारीपाटन, सेती नागवेली मार्ग गल्ली नं.४ बस्ने पेशा : मजदुरी शैक्षिक योग्यता : ३ कक्षा पास । निजको पृष्ठभुमी संजय बि.क यस भन्दा अगाडी मिति २०७२।०३।१९ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट चोरी कसूरमा मुद्दा चलेको । मिति २०७३।०५।०१ गते वडा प्रहरी कार्यालय बैदाम कास्कीमा अभद्रव्यवहार कसूरमा मुद्दा चलेको अभिलेखबाट देखिएको ।