३ दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय कास्की ले ५९ वटा मोडिफाई गर्ने मोटरसाइकल नियन्त्रणमा लियो कास्की का एस पी मोहन कुमार थापा
आज जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन भयको थियो , पत्रकार सम्मेलन कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय कास्की का एस पी मोहन कुमार थापाले , जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कास्की को संयुक्त आयोजाना मा , ध्वनि प्रदुषण गर्ने , एक्दमै पड्कने ,स्वरुप परिवर्तन गरेरे ,पड्कने बाइकहरुलाइ कारवाही गर्दै आएका छौ ,
म आएको २०८० -०५ – २५ गते म हाजिर भए , त्येसको १० ,१५ दिन पछि पहिलो पटक २२ वटा ,यस्ता स्वरूप परिबर्तन गर्ने मोटरसाइकलहरुलाइ हामीले नियन्त्रण मा लिएर कारवाही गरेका थियौं ,त्तेतिबेला हामीले उहाँहरुको अभिभावकको रोबर मा निजहरुलाई पहिलोपटक ट्राफिक नियम उल्लङ्घन गरेवापत जरिवाना काटेर अब उप्रान्त यस्तो कार्य नदोर्याउनुस भनेर हामीले पहिलो पटक निजहरुलाई छाडेका थियौ।
तर त्येस्पछी पनि हामीले ६८१ वटा मोटरसाइकलहरुलाइ यसै गरि नियन्त्रण मा लिएर कारवाही गरिआइराखेका छौं। र अहिले हामीले फागुन १७ गतेदेखि २० गते सम्म ( ३ दिनको अवधिमा ) अवधिमा ५९ वटा मोडिफाई गर्ने ,ध्वनि प्रदुषण गर्ने, पड्कने मोटरसाइकल नियन्त्रण मा लिएका छौ। अब हामीले पहिलो पटके हो भने ट्राफिक नियम उल्लंघन तर्फ जरिवाना तिर्न लगाउँछ। र अघिल्लो पटके हो भने देखि ति मोटरसाइकलहरुलाइ चाहिं यातायातव्यबस्था कार्यालय मा आबश्यक कार्वाहीको लागि पठाउँछौ भनि बताउनु भएको थियो।