Monday Dec 23, 2024
We Are Connecting The World By Real News

६९ जना लागू औषध तथा मादक पदार्थ सेवनकर्ताहरुलाई नियन्त्रणमा लिई प्रशिक्षण प्रदान गरी छाडिएको

मिति २०८१।०५।११ गते जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले

जिल्ला कास्की पोखरा महानगरपालिका स्थित विभिन्न एकान्त स्थानहरुमा अखडा बनाई लागू औषध तथा मादक पदार्थ सेवन गर्ने, दिउँसै लठ्ठ परी हिड्ने, एकान्त स्थानहरुमा लागू औषध सेवन गरी लठ्ठ परी बसि रहेका, मानिसहरुलाई डरत्रास देखाउने, तथा ५/७ जनाको ग्रुप बनाई विभिन्न अश्लिल शव्दहरु प्रयोग गर्दै होहल्ला

गरिरहेका ५ जना महिला, ६४ जना पुरुष गरी जम्मा ६९ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई लागू औषध दुर्व्यसनीबाट शरीरमा हुने असर, कानूनी व्यवस्था, दुर्व्यसनीमा फसेपछी बाहिर निस्कने उपाय, उपचार तथा जिवनको अस्तित्व उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिई आफन्तको जिम्मा लगाई छाडिएको ।

Facebook Comments