काठमाडौँ,माघ २२ गते
यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदाय सहमत
बुधबार महानगरपालिकाको सभा कक्षमा नेवार समुदायका संघसंस्थाका बिच अन्तरक्रियात्मक छलफल
नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत गर्न समुदायमा रहेका विभिन्न संघसंस्थाहरुले एउटै मत राखेका छन् । बुधबार काठमाडौँ महानगरपालिकाको सभा कक्षमा आयोजित सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधि बिचको छलफलमा यस्तो साझा स्वर आएको हो ।
‘हरेक शुभकार्यसँग जोडिएको यमरीको महत्व र पहिचानलाई राष्ट्रियकरण गर्दै अभौतिक युनेस्कोको अभौतिक सम्पदा विधामा सूचीकृत गराउनु अन्तरराष्ट्रियकरणको प्रक्रिया हो । यसले नेपालकै पहिचान वृद्धि हुन्छ ।’ छलफलमा समितिका संयोजक आशामान संगतले भन्नुभयो, ‘यमरी बनाउने परम्परा खाद्य परिकार मात्र होइन । यसले प्रकृति, कृषि पेशा, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षसँग गहिरो सम्बन्ध राख्छ ।स्रोत :metronews.kathmandu.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0