Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

आहा रारा पोखरा गोल्ड कप फुटबल :२०८० माघ ०९ गते देखि माघ २० गतेसम्म कुल अनुमानित आम्दानि १ करोड ८६ लाख ७५ हजार : अनुमानित खर्च १ करोड ४९ लाख ३ हजार

सहारा क्लब द्वारा आयोजित २३ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० माघ ०९ गते देखि माघ २० गतेसम्म पोखरा को रंगशाला मा  हुने   तयारि को बारेमा आज होटेल एलो प्यागोडा  ड्यामसाइड मा पत्रकार सम्मेलन भएको थियो। सम्मेलनको सभापतित्व  सहारा क्लब का अध्यक्ष श्री केशव राज बराल ले गर्नु भएको थियो। संस्थापक अध्यक्ष बसन्त थकाली ,  २३ औं आहा रारा पोखरा गोल्ड कप को मुख्य प्रायोजक मा रहेको हिमश्रीफुड्स प्रा लि का निर्देशक श्री प्रकाश के सी / किरण के सी ,रा खे प सदस्य राजेश कुमार गुरुङ ,गण्डकी प्रदेश खेलकुद सदस्य सचिव श्री धर शर्मा , प्रतियोगिता संयोजक तथा बरिसठ   उपाध्यक्ष पुर्ण बहादुर गुरुङ,  संरक्षक संस्था पोखरा महानगरपालिका का ,दिपेन्द्र मर्सानी ,जिल्ला खेलकुद विकास समिति कास्की का ,तोरण वानिया ,नेपाल ओलम्पिक कमिटि उपाध्यक्ष तेज बहादुर गुरुङ ,सहारा क्लब हँकङका अध्यक्ष दिपक गुरुङ,   लगाएत अन्य अतिथिहरु सहभागी हुनु भएको थियो भने कार्यक्रम संचालन महासचिव रामजी प्रसाद अधिकारि ले गर्नु भएको थियो। खेलकुदको विकास मा सहकार्य गरौँ ,पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ भन्ने उद्देश्य का साथ प्रतियोगिता बारे पत्रकार सम्मेलन मा आज विभिन्न वक्ताहरुले आफ्नो धारण  व्यक्त गर्नु भएका थिए।

प्रतियोगिता कार्यक्रम संयोजक तथा बरिसठ उपाध्यक्ष पुर्ण बहादुर गुरुङ ले  खेल मा १२ टिम को सहभागिता रहने छ ,पोशाक मा आउने विधार्थी भाइबहिनिहरुलाइ खेल अवधि भर निशुल्क खेल हेर्न पाउने व्यबस्था गरेका छौ ,प्रत्येक म्याच मा दुइ जनालाई भाग्यशाली दर्शक पुरस्कार भनि जनही रु ५,०००/- का दरले प्रदान गर्ने छौ भनि बताउनु भएको थियो। सहारा क्लब हँकङका अध्यक्ष दिपक गुरुङ ले हामि २३ औं संस्करण मा आइ पुग्नु भनेकै , तपाईं हरु ,विभिन्न संघ संस्थाहरु , विदेशी सहयोगीहातहरु ले नै हामीलाई यहाँ सम्म पुर्याइदिनु भएको छ ,यो सहारा क्लब लाई यहाँ सम्म पुर्याउन मा पत्रकारहरु को पनि ठुलो भूमिका रहन्छ भनि बताउनु भएको थियो। गण्डकी प्रदेश खेलकुद सदस्य सचिव श्री धर शर्मा ले खेल आँफैमा महत्वपूर्ण चिज हो ,खेल लाइ उचाइमा पुर्याउन पत्रकारहरुको ठुलो भूमिका छ।  खेल लाइ व्यवस्थित गर्न आजैका मिति बाट सबैले आ आफ्नो ठाउँ बाट लाग्नु पर्छ ,गण्डकी प्रदेश को तर्फ बाट हरेक पल सहायोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको थियो। रा खे प सदस्य राजेश कुमार गुरुङ ले हामीले रात दिन खटेर यत्रो रंगशाला निर्माण गर्यौ ,सहारालाई हामीले धेरै माया गरेका छौ ,

सहाराले काम पनि राम्रो गर्दै आइरहेको छ। डेट लाइन लिन साह्रै गाह्रो परेको बताउनु भएको थियो। उप- प्रायोजक पोखरा महानगरपालिका  वडा न ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी ले प्रत्येक वडा ले खेलकुदलाई आ आफ्नो तरिकाले सहयोग गर्नु  पर्दछ , खेलकुद ले राष्ट्र लाइ धेरै योगदान गर्ने कुरा सबैलाई बित्तिदै छ। मेरो यो वडालाई चिनाउन खेल प्रेमी र खेल ले चिनायाको पनि बताउनु भएको थियो। हिमश्रीफुड्स प्रा लि का निर्देशक श्री प्रकाश के सी ले सहारा  क्लबलाई माया गरेर सहायोग गर्ने लाइ धेरै धेरै धन्यवाद भनि बताउनु भएको थियो। सहारा क्लब का अध्यक्ष श्री केशव राज बरालले हामि इन्डियन टिम संग सम्पर्क भैरहंदा विविध कारण बस उहाँहरु आउन नभ्याउने कुराको जानकारी दिदै  , कास्की ,तनहुँ ,स्याङ्जा , पर्वत, रौतहट  ,लम्जुङ्ग गरि आठ वटा जिल्लाहरुका  १४ जना बालकहरु लाइ निशुल्क स्वास्थ्य ,शिक्षा प्रदान गरीने ,

यो २३ औ संसकरण सम्म आइपुग्दा यहाँहरुको सम्पुर्ण को सल्लाहा , सुझाव ,न्यानो माया को ,सहयोग को आशा पनि गर्दछौ। सबै जनहरुमा गण्डकी प्रदेश को प्रतिष्ठाको टुर्नामेन्ट लाइ एतिहासिक रुपमा सफल पार्न निम्ति सम्पुर्ण ले सक्दो सहयोग गर्नुहुन्छ भन्ने मा हामि आशा वादी छौ , साँचै नै पोखरालाई  यौटा सपोर्ट हब सिटि को रुपमा विकास गर्दै अगाडी बढियो भने निश्चित रुपले  टुरिजम प्रमोशन ,स्वस्थ नागरिक ,सचेत नागरिक बनाउन सहयोग पुग्दछ भन्ने कुरा प्रमाणित भएको छ ,समाज मा रहेको वेतिथि र विसंगीतीलाइ  हटाइ स्वछ नागरिक  रास्त्रलाई अर्पण गर्नु पनि हामि जस्ता सामाजिक संस्थाको दायित्व हो , भनि बताउनु भएको थियो।

 

Facebook Comments