पोखरा , फागुन २८ गते
पोखरा पर्यटन परिषद् को आयोजना मा Pokhara -Chengdu Flight Promotion & China (Sichuan) Sales Mission 2025 को पत्रकार सम्मेलन सम्पन्न भएको छ।
लामो समयदेखी पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष बितिसक्दा,अन्तर्राष्ट्रिय विमान सुचारु गर्नको लागि पटक पटक राज्यका विभिन्न निकायहरु सहित प्रधानमन्त्री समेत लाई ध्यानाकर्षण गरिरहँदा पनि नियमित अन्तराष्ट्रिय उडान हुन नसक्दा , समग्र पर्यटन व्यवसायी तथा आम पोखरा तथा गण्डकी प्रदेशवासीहरुले आशा सहित लाभलिन नसक्ने भएपछि निजी क्षेत्रका पर्यटन व्याबसयिहरु कै प्रयासबाट अन्तर्राष्ट्रिय विमान सुचारु गरौ भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषदको नेतृत्वमा नेपाल स्थित चिनियाँ राजदुतावास र सिचुवान एअरलाईन्स सँगको सहकार्यमा अन्तराष्ट्रिय उडान गर्न लागिएको आजको पत्रकार सम्मेलन मा जानकारी गरिएको थियो। । यसमा विषेश गरी चीन स्थित चाईना ट्राभल इन्टरनेश्नल छेन्दुले सुरुवाती उडानहरूमा सहकार्य गरिरहेको छ भने नेपालस्थित चाइनीज ओभरसिज एशोसियसनले पनि संयोजनकारी भुमिका निर्वाह गरेको प्रेस विज्ञाप्ति बाट जानकारी गराइएको थियो।
यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलाएमान हुने आशा राखेको छ । अवको तीन महिना सम्मको अवधिमा करिव १,२५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशवाट हवाई मार्गबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दुताबास, सिचुवान एअरलाईन्स र चाइना ट्राभल इन्टरनेश्नल छेन्दुले पत्रकार सम्मेलन मा जानकारी गराइएको थियो। सुरुवाती चरणमा केही व्यावसायिक चार्टर उडानबाट सुरु गरेर यसलाई व्यवसायीक उडानमा परिणत गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने कार्यको लागि पोखरा पर्यटन परिषद् र समग्र पर्यटन व्यवसायीहरु निरन्तर प्रयासमा लागिरहेको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो। २०८१ चैत्र ५ गते मंगलवार तदअनुसार Mar 18, 2025 मा हुने उक्त उडान बिहान १०:०० बजे १२७ जना चिनियाँ यात्रु लिएर पोखरा विमानस्थलमा अवतरण गर्ने छन् भने सोही दिन दिउँसो १२:०० बजे १२७ जना पर्यटन व्यवसायीहरु चाइनाको छेन्दु प्रस्थान गर्ने भएका छन् । उक्त पहिलो व्यवसायिक चार्टर उडानमा पोखरा महानगरपालिकाका प्रमुख श्री धनराज आचार्य ज्यू, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख श्री मणिराज लामिछाने पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक श्री गोपी बहादूर भट्टराई र पोखरा पर्यटन परिषद्का अध्यक्ष श्री तारानाथ पहारी लगाएत पर्यटन संघ संस्थाका अध्यक्ष तथा कार्यसमिति र समग्र पर्यटन व्यवसायीहरुको उक्त उडानमा सहभागी हुने भएका छन्।
७ रात ८ दिन सम्मको उक्त कार्यक्रममा विषेश गरी सिचुवान प्रदेशको छेन्दु (Chengdu) सुभ्झोउ (Luzhou), इमि (Emei), लिसन (Lessan) छोडलिङ (Chongqing केन्द्रित रही त्यहाँका पर्यटनका विकास, विस्तारका बारे जानकारी लिईने भएको छ भने नेपाल पर्यटन बोर्डको आयोजमा मा तथा नेपाली महाबाणिज्यदूतावास छेन्दुको सहकार्यमा छेन्दु । Chengdu। र छोङ्गछिंग (Chongqing) मा १९ तथा २२ मार्चमा Nepal Evening तथा Sales Mission कार्यक्रमको आयोजना गरिने भएको छ । पोखरा महानगरपालिकाका प्रमुखको नेतृत्वमा लुझोउ शहरमा केही विशिष्ट व्यक्तिहरु सहित उहांका समकक्षी सँग भेटवार्ता र महत्वपुर्ण विषयहरुमा छलफल समेत हुने कुराको जानकारी पत्रकार सम्मेलनम मा जानकारी गराइएको थियो।
पोखरा, गण्डकी प्रदेश तथा समग्र राष्ट्रिकैआर्थिक सवृद्धि सग जोडिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल चलाएमान बनाउनको लागि Pokhara Chengdu Flight Promotion & China Sales Mission 2025 लाई सफल बनाउन साथै पोखरा अन्तराष्ट्रिय विमानस्थल बाट नियमित उडान गराउनको लागि राज्यका विभिन्न निकायहरु बाट सक्रिय रुपमा लाग्नको लागि ,साथ र सहयोगको लागि आव्हान समेत गर्दै सहकार्यको लागि पोखरा पर्यटन परिषद र समग्र पर्यटन व्यवसायी संघ संस्थाहरु ले अपिल गर्नुभएको थियो।


