Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

वडा न. १२ मा ,स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि सचेतना तथा स्वास्थ्य परिक्षण सम्पन्न : VIA टेस्ट ,ब्लड प्रेसर चेक ,स्तन जांच

नेपाल नर्सिङ्ग संघ जिल्ला कार्यसमिति ,कास्की र पोखरा महानगरपालिका वडा न १२ को कार्यालय पोखरा को आयोजना  ६२ औं  नेपाल नर्सिङ्ग संघको वार्षिकउत्सव को अबसरमा महिलाहरुको लागि    स्तन तथा पाठेघर क्यान्सर सम्बन्धि सचेतना तथा स्वास्थ्य परिक्षण वडा कार्यालय १२ को सभाहल मा मा सम्पन्न भएको थियो। उक्त कार्यक्रम को अध्यक्षता गर्नु भएका का पोखरा महानगरपालिका वडा न. १२ का वडा अध्यक्ष श्री सन्तोष बास्तोला ज्यु ले कार्यक्रम को समुद्घाटन गर्नु भएको थियो।

कार्यक्रम संचालन नेपाल नर्सिङ्ग संघ जिल्ला कार्यसमिति ,कास्की का सचिव शारदा शर्मा ले गर्नु भएको थियो।  उपस्थितीहरुमा नेपाल नर्सिङ्ग संघ जिल्ला कार्यसमिति ,कास्की को अध्यक्ष श्री मुना सिलवाल ,वडा न १२ का सचिव श्री महेश अर्याल ,नेपाल नर्सिङ्ग संघ कास्की को उपाध्यक्ष मिनु श्रेष्ठ ,नेपाल नर्सिङ्ग संघ कास्की को सचिव   शारदा शर्मा ,नेपाल नर्सिङ्ग संघ कास्की को कोषाध्यक्ष रिता अधिकारि ,नेपाल नर्सिङ्ग संघ कास्की को सदस्यहरुमा पुजा भण्डारी ,सन्ध्या श्रेष्ठ ,पुस्पा शर्मा ,शान्ति खड्का

,बिष्णू बि क ,धना गुरुङ ,जसमाया जिरेल  सल्लाहाकारहरुमा   सरिता कार्की , क्षेत्र कुमारी रोका , रहनु भएको थिय भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान का सचिव कविता पौडेल ,वडा सदस्य शान्ति कोइराला ,गुमा देवी परियार लगाएत अन्य उपस्थितीहरु सहभागी रहनु भएको थियो।  उक्त कार्यक्रम मा स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धि  प्रशिक्षण    पुस्पा शर्मा र निर सुबा गुरुङ ले  करिब ७० जना  ३० देखि ६० बर्ष

उमेर भएका महिलादिदीबहिनीहरुलाई दिनु भएको थियो।  साथै   ४ जनाको परिक्षण टोलि     मिनु श्रेष्ठ , जसमाया जिरेल ,शान्ति बराल र सुष्मा गुरुङ ले परिक्षण  गर्दा      ६० बर्ष उमेर भित्रका ५६ जना  महिलादिदिबहिनिहरु को  VIA  टेस्ट गरिएको थियो भने ,५१ जना को नेगेटिभ र ५ जनाको शंकास्पद सकारात्मक देखिएको थियो।

त्यसै गरि ६९ जना को ब्लड प्रेसर चेक गर्दा २० जनाको प्रेसर हाइ र ४९ जनाको नर्मल देखिएको थियो। त्यसै गरि ४० जनाको स्तन जांच गर्दा ३६ जनाको नर्मल थियो भने ४ जनाको समस्या देखिएको नेपाल नर्सिङ्ग संघ कास्की को उपाध्यक्ष मिनु श्रेष्ठ ले बताउनु भएको थियो।

 

 

 

 

 

 

Facebook Comments