Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

मदरल्यान्ड मा बि पोखरा मा: त्रिदिवसिय बृहत सांस्कृतिक कार्यक्रम भोलि कक्षा ४ देखि ८ सम्म का बिधार्थीभाइबहिनिहरुले सामुहिक रुपमा कला प्रदशनी गर्ने

मदरल्यान्ड मा बि पोखरा. मा आज  त्रि दिवसिय बृहत सांस्कृतिक कार्यक्रम , कला प्रदशनी तथा सम्मान कार्यक्रम भएको थियो। बृहत सांस्कृतिक कार्यक्रम , कला प्रदशनी कार्यक्रम तिन दिन सम्म चल्ने भएको छ। कार्यक्रम को पहिलो दिन मा प्रमुख अतिथि मा पोखरा विस्वबिधालएका उपकुलपति प्रोफेसर डा प्रेम नारायाण अर्याल , सभापति मा विधालय व्यबस्थापन समितिका अध्यक्ष श्री प्रेम नारायण पोख्रेल , विशिष्ट अतिथि मा वडा न ७ का अध्यक्ष श्री राम मोहन आचार्य  लगायत अन्य जनहरुले उपस्थिति जनाउनु भएको थियो।

२४ ,२५ र २६ गते सम्म चल्ने यो कार्यकम मा कलेज का प्रिन्सिपल नारायण प्रसाद बराल ले  कार्यक्रम लाइ हौशला बढाउन  र बाबुनानिहरुको हौशला बढाउन का लागि  अझै यहाँहरुको उपस्थितिले तत्परता  देखाउने  भन्दै  कार्यक्रम मा उपस्थितिहरुलाई आभार व्यक्त गर्नु भयको थियो। र उहाँ ले भन्नु भयो ,  हाम्रा बाबुनानिहरुले कक्षा कोठा मा सिक्ने गर्दछन , भाइ बहिनीहरु लाइ उत्प्रेरित गर्न , सिकेका कुरा जिवन मा प्रयोग गरिनु पर्छ।   जीवन उपयोगी बनाउनु पर्छ , जीवन र जगत संग जोड्नु पर्छ।

जीवन र जगत संग सिकेकेका कुराहरु  जोडिन को लागि बाबुनानी मा आत्म विश्वास आबश्यक पर्दछ। उनीहरुमा सधै आत्मविश्वास विस्वाश जगाउने ,अनि उनीहरुलाई सहकार्य गर्न प्रेरित गर्ने ,समुहमा काम गर्ने ,सामुहिकता को भावना अभिप्रेरित गर्ने र भोलि जीवन मा जिउने क्रम मा आबश्यक पर्ने सहनशीलता संग संगै विकास गर्दै लाने अभिप्रायले  बिधालय ले यो  कार्यक्रम गर्दै आएको बताउनु भएको थियो।  ३ दिन सम्म चल्ने यो कार्यकम मा आज नर्शरी देखि कक्षा ३ सम्म का विधार्थी भाइबहिनिहरुले सामुहिक रुपमा आफ्ना कला प्रदशन गरेका थिए ,

भने भोलि कक्षा ४ देखि ८ सम्म र पर्सि कक्षा ९ देखि १२ सम्म का बिधार्थीभाइबहिनिहरुले सामुहिक रुपमा कला प्रदशनी गर्ने भएका छन्।  पोखरा को शैक्षिक गुणस्तरीय उस्काउन विशिष्ट योगदान पुर्याउनु भएका विकल शेरचन ज्यु लाइ सोहि कार्क्रम मा सम्मान पनि गरिएको थियो। कक्षा ८ मा फोर जिपिए ल्याउन  सफल हुनुभएका विधार्थी भाइ अर्पण पौडेल र अमेरिका मा विभिन्न विस्वबिधालय मा पुर्ण क्षात्र विर्ती पाउन सफल हुनुभएका विधार्थी भाइ हार्दिक पराजुली लाई पनि सम्मान गरिएको थियो। त्येस्तै गरेर यस स्कुल मा २० बर्ष भन्दा बढी सेवा गर्नु भएका कर्मचारीहरु  अञ्जना पण्डित बराल ,अप्सारा थापा कुँवर ,आनन्दा शर्मा र कमल चौधरीलाई सम्मान गरिएको थियो।

प्रदेश स्तरिय गणित बिषय प्रतियोगिता मा गण्डकी प्रदेश कै   प्रथम हाशिल हुन सफल कक्षा ८ का विधार्थी भाइ सुयोग अधिकारि लाइ पनि सम्मान गरिएको थियो। त्येस्तै गरेर रास्ट्रीय स्त्तरको विज्ञान प्रतियोगिता मा फाइनल मा पुग्न सफल हुनुभएका   प्रशील लामिछाने ,सुबिक्छा अधिकारि,नेहा पन्थी र संगम पौडेल  लाइ सम्मान गरिएको थियो। र कक्षा १२ को रास्ट्रीय परिक्षामा ३. ८ , र सो भन्दा बढी ल्याउन सफल हुने विधार्थी भाइ अनिल बास्तोला लाइ पनि कार्यकम मा सम्मान गरिएको थियो। त्येस्तै गरेर शिक्षण विधामा सफल हुने जनहरुलाइ पनि सोहि कार्यक्रमा मा सम्मान गरिएको थियो

 

 

 

 

 

 

 

 

 

 

 

 

Facebook Comments