Tuesday Dec 24, 2024
We Are Connecting The World By Real News

बंगुर पालक किसानहरुलाइ व्यवसाय घटाउन आग्रह।। सावधान। धेरै बंगुरहरु मरे। खोप आउने ,नाउने कुनै पत्तो छैन।

कृषि तथा भूमि व्यवस्था मन्त्रालय  गण्डकी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत आज अफ्रिकन स्वाइन फिभर रोग सम्बन्धि मिडिया ब्रिफ़िङ्ग     कार्यक्रम पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय को सभाहल मा भएको थियो। कार्यक्रम का प्रमुख अतिथि कृषि तथा भूमि व्यवस्था मन्त्रालय  गण्डकी प्रदेश का सचिव  डा.टंक प्रसाद प्रसाई, कार्यक्रम को अध्यक्ष्यता पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय को महानिर्देशक डा प्रेरणा सेढाई भट्टराई ले गर्नु भएको थियो।

अन्य उपस्थितीहरुमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय  गण्डकी प्रदेश को योजना तथा अनुगमन महाशाखा बरिष्ठ कृषि अर्थ विज्ञ भानु भक्त भट्टराई ,कृषि तथा भूमि व्यवस्था मन्त्रालय  गण्डकी प्रदेश पशुपन्छी बिकास महाशाखा प्रमुख  डा शोभा शर्मा बराल ,पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय  गण्डकी प्रदेश को वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की का प्रमुख शम्भु राज पाण्डे लगायत अन्य उपस्थितीहरु सहभागी हुनु भएको थियो।

कार्यक्रम संचालन पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय का प्रविधिक अधिकृत सुरेश कुमार श्रेष्ठ ले गर्नु भएको थियो। गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु गोरखा , कास्की ,तनहुँ ,लमजुङ्ग  मा  अत्येंतै संक्रामक   अफ्रिकन स्वाइन फिभर रोग फैलियाको पुष्टी भयको कार्यक्रम मा जानकारी गराइएको थियो।

वरिष्ठ पशु विकास अधिकृत डा.बालकुमार श्रेष्ठ ले यो रोग बंगुर /बँदेल मा फैलिने भाइरल रोग हो , यसको निराकारण को लागि अहिले सम्म भ्याक्सिन बनाउन सकिनरहेको बताउनु भएको थियो।  , सरकारले यस प्रकोप लाइ माहामारी  भनेर घोषणा  गरेको छैन , नेपाल सरकारले विपद भनेको छ , तर किसान ले भने विमा पाउँछन, फालिएको खाना   बंगुरलाइ दिंदैमा यो रोग लाग्ने होइन , संक्रमित  बंगुर /बँदेलहरु वसारपोसार गर्दा यो रोग सजिलै सर्ने हो , अरु पशुपन्छी लाइ रोग लाग्दा सलाइन चढाउन सजिलो छ , तर बंगुर /बँदेल मा गाह्रो हुने बताउंदै यो रोग नियन्त्रण गर्ने भनेको जैविक सुरक्षा , सचेतना नै हो। भनि बताउनु भएको थियो। हामि संग कार्यक्रम छ , बजेट पनि छ , तर औषधि छैन भनि बताउनु भएको थियो। निर्देशनालको को महानिर्देशक डा प्रेरणा सेढाई भट्टराई ले गण्डकी प्रदेश मा क्वारेन्टाइन चेकपोस्ट नभएको बताउनु भएको थियो। यो अफ्रिकन स्वाइन फिभर रोग सबैभन्दा नजिक को देश भारतको अक्षाम मा देखिएको बताउंदै    रोग दिन प्रतिदिन बढ्दै गएकाले हामि सबैले आ आफ्नो स्थान बाट यसको संदेश फैलाउन जरुरि भएको बताउनु भएको थियो।

यो रोग २ पटक सम्म भयाबह हुँदा पनि ठुला बंगुर व्यबसायीहरू लाइ तेती असर नपरेको तर सानो व्याबसायाहरुलाइ धेरै असर गरेको बताउंदै , पर्ने मूल्य भन्दा कमि मा बंगुर बेच्ने भन्नेहरु बाट पनि बढी  ओसारपोसार हुने गरेकाले र यो रोग को निश्चित उपचार र भ्याक्सिन पनि नाभएकाले  यस्तो अबस्था सिर्जना हुन पुगेको उहाँले बताउनु भएको थियो।

यस रोगका कारण प्रदेश मा हाल सम्म १६,५५४ वटा बंगुर मरिसकेको र जसमध्य कास्की मा १५,३८८  (९२ . ९%) वटा बंगुर मरेको तथ्यांक प्रस्तुत गर्दै ,रोग  सर्भिलेन्स को निरन्तरता क्रममा पछिल्लो आउटब्रेक मा मात्र कास्की जिल्लामा ५५, तनहुँ मा ३० लमजुङ्ग मा १४ र गोरखा मा १३ वटा गरि ११२ वटा बंगुर मरेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिनु भएको थियो। जंगली बँदेल संग सम्पर्क ,किर्ना रोगि वंगुरको लसपस भएको दानापानी ,रोगि पशु ओसार पसार भएको गाडी संगको     सम्पर्क बाट,  होटेल तथा घरबाट ल्याइएको जुठो खाना आदि बाट यो रोग फैलिने प्रेस बिज्ञप्ति मार्फत नै जानकारी गराउनु भएको थियो।  यो रोग फैलिन नदिन मरेका बंगुर लाइ डिस्पोजल गर्ने पर्छ बंगुर मरेपछि पनि माटो मा नै भाइरस रहिरहने भएकाले यो प्रकोप बढेको महानिर्देशक डा प्रेरणा सेढाई भट्टराई ले  कार्यक्रम मा बताउनु भएको थियो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की का प्रमुख शम्भु राज पाण्डे ले अफ्रिकन स्वाइन फिभर रोग को   प्रकोप बढ्दो मात्र छ , भियतनाम बाट खोप आउन सक्ने ,नसक्ने अबस्था भएको बताउंदै , यसको उपचार भनेकै व्याबसया घटाउने नै हो।  किसानहरुले बंगुर को संख्या घटाएकापनि छन्, यसको कुनै पनि उपचार छैन , बरु लम्पी स्किन रोगको उपचार सम्भब थियो , यसको रोकथाम भनेकै जैविक सुरक्षा अपनाउनु नै हो , अहिले कास्की मा करिब ५,००० जति को संख्यामा बगुर हरुको मात्रा भै १० प्रतिशत को संख्यामा झरेको बताउंदै

किसानहरुलाई विउ मात्रै जोगाउनु हामीले भनेका छौं भनि बताउनु भएको थियो। जव खोप आँउछ अनि पुन हाम्रो व्यबसाय बढाउन सकिने पनि उहाँले बताउनु भएको थियो। त्येस्तै गरेर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा का प्रमुख डा किरण पाण्डे ले ले खोर मा बंगुर नै नभएको स्थान मा पनि यो रोग देखा परेको बताउनु भएको थियो। यसको मुख्य रोक थाम भनेकै  चेताना फैलाउने नै हो भनि बताउनु भएको थियो।

Facebook Comments